समाचार

गृहमन्त्रीले संसद्‌मा भने- ‘मलाई जेल हाल्न बहुमत पुग्यो होला, अब जेल हाल्नुहोस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेले यो देशको परिवर्तनका लागि कोही न कोही जेल जानुपर्ने अवस्था रहेकोले अब त्यसको सुरुवात आफैँबाट गर्न चुनौती दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा संसद्‌मा विश्वासको मत पाउँ भनी गरेको छलफलका अवसरमा लामिछानेले उक्त कुरा बताएका हुन् । लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति भइसकेपछि आफूलाई जेल हाल्न बहुमत पुगेको होला भन्दै भनेका छन्, …

पुरा पढ्नुहॊस »

गृहमन्त्रीले सुशासनका कुरा गरेर संसदमा झुटो बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई जातजातिको नाममा आफ्नो रोटी नसेक्न चेतावनी दिएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै शाहीले प्रधानमन्त्री आजको संसदमा जातजातिको नाममा भाषण गरेको उल्लेख गर्दै जातजातिको नाममा राजनीति नगर्न आग्रह गरेका छन् । उनले गृहमन्त्री रवि लामिछानेले संसदमा सुशासनको कुरा गरेर झुटो बोलेको आरोप लगाए । गृहमन्त्री लामिछानेले आफ्ना मित्र जीबी राईलाई …

पुरा पढ्नुहॊस »

सरकारमा गएर गरेका कामप्रति हामी आफै सन्तुष्ट छैनौं : रवि लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले सरकारमा गरेको कमप्रति आफूहरूनै सन्तुष्ट नरहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले सरकारमा गएर सोचे जस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् । उनले सरकारमा गएपछि आफू सहकारी ठगको रूपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीका बिच आफूहरूले राम्रो काम गरेको दाबी गरेको छ । उनले रास्वपाले सरकारमा गएर सुशासनको …

पुरा पढ्नुहॊस »

धुलो अनुहारमा थियो प्रचण्डले ऐना पुछिरहे : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले लगाएको आरोपको प्रतिवाद गरेका छन् । प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले प्रतिवाद गरेका हुन् । प्रधानमन्त्रीले एमाले-काँग्रेसका कारण मुलुकमा सुशासन स्थापना हुन नसकेको आरोप लगाएका थिए । सो आरोपको खण्डन गर्दै लेखकले अनुहारमा प्रधानमन्त्रीकै धुलो भएको र उनले ऐना पुछिरहेको आरोप लगाए ।

पुरा पढ्नुहॊस »

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीब्ररूपमा अगाडि बढेको बताएका हुन् । “ऊर्जा क्षेत्रमा सरकारको उपलब्धि लोभलाग्दो छ । प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो लोडसेडिङबाट मुक्ति पायो । त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “अब विद्युतमा पहुँच नभएको …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डले आजै बालुवाटार छाड्ने

काठमाडौं । प्रधानमन्त्री बन्नुअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएको खुमलटारस्थित निवासको सरसफाइ सुरु गरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री प्रचण्डले सरकार नेतृत्वको समर्थन गुमाइसकेको र विश्वासको मत पनि पाउन नसक्ने अवस्था देखिएसँगै खुमलटारस्थित निवास सरसफाइ सुरु गरिएको हो । १८ महिना अघि प्रधानमन्त्री बनेसँगै सपरिवार बालुवाटार सरेपछि खाली रहेको खुमलटारस्थित निवास खाली नै रहेको अवस्थामा प्रचण्ड बालुवाटारबाट बाहिरिनु पर्ने घटनाक्रम विकास भएसँगै सरसफाइ गरिएको छ । उनी आज संसद्‌बाट …

पुरा पढ्नुहॊस »

ह्वात्तै बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ हजार ८ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । …

पुरा पढ्नुहॊस »

लेदोसहितको पहिरोले बगाएका दुई बसमा सवार यात्रु खोज्न गोताखोरसहित ७० जनशक्ति परिचालन

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले खसाल्दा बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरी बलको विपद्‌ व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता बस तथा यात्रु खोज्न सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद्‌ व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएका …

पुरा पढ्नुहॊस »

यस्तो छ पहिरोले २ बस बगाएको स्थान (फोटोफिचर)

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको हो । ती दुई बसमा गरेर करिब ६५ जना यात्रु रहेको प्रारम्भिक …

पुरा पढ्नुहॊस »

कास्कीमा पहिरोमा परि एकै परिवारका ७ सहित ११ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो । गए राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारीसहित ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । यस्तै पोखरा–३२ मा चैनपुरमा आरती …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds