३ दिन अगाडि मात्रै अस्ट्रेलिया पुगेकी महिलाको कारको ठक्करबाट मृत्यु

काठमाडौं । अस्ट्रेलियामा गाडी दुर्घटना हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ। अष्ट्रेलियाको पर्थमा रातकाे समयमा अनियन्त्रित भएर कार घरभित्र पस्दा नेपाली महिलाको मृत्यु भएको हो। अस्ट्रेलियाको सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरूङको मृत्यु भएको हो।

विष्णुकुमारी नेपालबाट घुम्न तिनदिन अगाडि मात्रै अष्ट्रेलिया पुगेकी थिइन्। उनी छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्। उनी घरको अघिल्लो कोठामा सुतिरहेकी थिइन्।

कार ठोक्किएर घरभित्रै छिरेपछि उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले कार चालकलाई पक्राउ गरेको छ । तर चालकलाइ केही नभएकाे सञ्चारमाध्यममा उल्लेख गरिएकाे छ। कार ३६ वर्षीय केउडेल निवासी राइस हकिन्सकले चलाएका थिए । दुर्घटनापछि ३६ वर्षीय केउडेल निवासी चालकलाई पक्राउ गरी मानव वध (manslaughter) को आरोप लगाइएको छ र अदालतले जमानत अस्वीकार गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री