काठमाडाै । शिक्षा र संस्कृतिको पहिचान बोकेको सेवा सदनले बिबिध कार्यक्रम गरि एक्तीसाैं बार्षिकोत्सव मनाएको छ। कार्यक्रममा सस्कृतिबिद प्रा. डा. बिणा पौडेलले नेपाली संस्कृती र नैतिक शिक्षाको चर्चा गर्दै सेवा सदनमा पढेलेखेका विद्यार्थीहरु आज स्वदेश तथा बिदेशमा जहाँ भएपनि उनोहरुले पुर्याएको योगदानको कदर गर्नुपर्छ।
यस सदनले नैतिक शिक्षा बलियो भएको तर्क अधि सारिन् । कार्यक्रममा शिक्षाविद् तथा वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद दाहालले शिक्षा समुन्नतिको आधार हो , शिक्षाले नै जीवनको सर्वाङ्गिण पाटो उजागर गर्द्छ शिक्षाबाट प्राप्त विवेक र ज्ञानलाइ सहि सदुपयोग गरेर आफ्नो र देशको विकास गर्न सके सबैको भलो हुने निश्चित छ भन्ने विचार राखे । सेवाको सदन दक्ष र सचेत नागरिक जन्माउन कृयाशील रहेकोे बताए ।
कार्यक्रममा शिक्षासेवी कल्पना गिरी , समाजसेवी उषा गिरी , इन्जिनियर महेश सिंह कठायत ९ वडा सदस्य सृजना भेट्वाल , प्निन्सिपल नितु मजुमदार लगायतले मन्तब्य राखेका थिए । सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइएको सो दिवसमा ३३ वटा सांस्कृतिक पहिचान झल्काउने खालका नृत्य र नाटकहरु प्रस्तुत गरिएको थियो। कार्यक्रम पुलिस एकेडमी महाराजगन्जमा सम्पन्न भएको थियो । बिगत ३१ बर्षदेखि यो सेवासदन बिधालय बत्तीस पुतली काठमाडौमा सन्चालन हुँदै आइरहेको छ।
तपाईंको प्रतिकृया




