काठमाडाैं । नेपाल पत्रकार महासंघ कारोबार दैनिक शाखाका सदस्य तथा वरिष्ठ पत्रकार सचित राईले दमक- चिसोपानी सडक निर्माणका विषयमा इलाम क्षेत्र नम्बर २ का एमाले उम्मेदवार सुहाङ नेम्बाङले सांसद बहाल छँदै दिएको ‘सात दिनभित्र ठेक्का लगाउने’ अभिव्यक्ति सेयर गर्दै प्रश्न सोध्दा इलाम माङसेबुङका विनोद साम्बाले दिएको ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रतिकृया जनाएकाे छ ।
एक पत्रकार र सचेत नागरिकसँगै सडकको उपभोक्तासमेत रहेका राईले आफ्ना जनप्रतिनिधिलाई प्रश्न गर्दा फेसबुक वालमा आएर समाचार नलेख्न अन्यथा ज्यान लिने धम्की दिने साम्बा नेसनल भोलिन्टियर फोर्स माङसेबुङको कमान्डर भएको उनको फेसबुक बायोमा उल्लेख छ । एमालेजस्तो लोकतन्त्रको अभ्यासमा खारिएको पार्टीका कार्यकर्ताबाट आएको अभिव्यक्ति अशोभनीय मात्र छैन आपत्तिजनक र कानुनी राजको विपरीत महासंघले जनाएकाे छ ।
ज्यान मार्ने धम्की दिने साम्बामाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको ध्यानाकर्षण गराउँदै आफ्नो कार्यकर्तामाथि छानबिनसहित कारबाही गर्न नेपात्र पत्रकार महासंघप्रतिष्ठान प्रदेश समिति नेकपा एमालेको समेत ध्यानाकर्षण गरेकाे छ। साथै संविधानले सुनिश्चित गरेका विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रतासहित नागरिकका लोकतन्त्रिक अधिकारमाथि धावा नबोल्न महासंघले ध्यानाकर्षण गरेकाे छ ।




