काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ ।समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएर बाढी तथा पहिरोको क्षतिबारे छलफलको क्रममा यस्तो निर्देशन दिएको हो । समितिले राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत भनेको छ ।
पुरा पढ्नुहॊस »बाढीले डुबेको केन्द्रीय कार्यालय हेर्न च्यासल पुगे प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन् । अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णत : डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण उक्त तलमा रहेका उपकरण र …
पुरा पढ्नुहॊस »भाडा बढी नअसुल्न निर्देशन दिइसके : मन्त्री पाण्डे
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गोविन्द गिरीको संयोजकत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डेको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । ‘भर्खरै मात्र अविरल वर्षाले नेपाल देशभर मुख्य तथा सहायक राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएको मौकामा एक्कासी हवाई यात्राको मूल्यको चरम वृद्धि हुँदा आम जनता …
पुरा पढ्नुहॊस »सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जलवीरे केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे । यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पुरा पढ्नुहॊस »सरकारी राहत कोषमा ५० लाख दिने एमालेको निर्णय
काठमाडौं । नेकपा (एमाले) ले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र यो क्रमलाई निरन्तरता दिने निर्णय भएको छ ।
पुरा पढ्नुहॊस »दसैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सहज रुपमा यातायात संचालन हुने अवस्था नरहेकोले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी भएको जानकारी दिएका छन् । यसबारे महासंघको बैठक बसेर निर्णय लिन भएको छ । यस पटक दशैका लागि असोज …
पुरा पढ्नुहॊस »मुख्य राजमार्गका २० स्थानमा पूर्ण अवरोध, कहाँ-कहाँ बन्द छ सडक ? (सूचीसहित)
काठमाडौं । बाढीपहिरोका कारण तहसनहस भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् । गत बिहीबारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण उपत्यका जोड्ने बीपी र पृथ्वी राजमार्गसहित राजमार्गहरु अझै पूर्णरूपमा खुल्न सकेका छनैनन् ।
पुरा पढ्नुहॊस »ललितपुरमा थप ६ जनाको शव भेटियो
काठमाडौं । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिएको जानकारी अनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो । फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना …
पुरा पढ्नुहॊस »घर लिप्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
काठमाडौं । गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले जानकारी दिए । मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् । करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । …
पुरा पढ्नुहॊस »दाउन्नेमा एकतर्फी सडक सञ्चालन
काठमाडौं । सोमबार नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्ग आज (मंगलबार) बिहानबाट एकतर्फी रूपमा सुचारु भएको छ । आज बिहानबाट डाइभर्सन निर्माणसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो । बर्दघाट नगरपालिका–४ खुर्सानीखोला नजिकै हिजो सडक भासिँदा पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो । हिजो राति ११ बजे बाट डाइभर्सन निर्माणको काम सुरु गरिएको थियो । यससँगै अलपत्र परेका साना सवारीसाधनका साथै यात्रुबाहाक बस गन्तव्यतर्फ लागेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी …
पुरा पढ्नुहॊस »