५ श्रावण २०८३, मंगलवार

२७४ नवनिर्वाचित सांसदले लिए शपथ (तस्बिरमा)

काठमाडौं । २७४ जना प्रतिनिधिसभाका नवनिर्वाचित  सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् । नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यले प्रतिनिधिसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप