समाचार

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’को बैठक बस्दै

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’को बैठक बस्दैछ । बंठक दिउँसो ३ बजेपछि सिंहदबारमा बस्ने तय भएको हो । संसदीय छानबिन समितिका सभापति सूर्य थापाकाअनुसार बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुनेछ । यसअघि बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । एमाले सांसद सूर्यबहादुर थापाको …

पुरा पढ्नुहॊस »

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको नेतृत्वमा दावी पेश गरिएको छ । आज बिहान प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरिएको हो । जनमत पार्टीका सतिश सिंहलाई मुख्यमन्त्री बनाउन ५५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गरिएको हो । जनमत पार्टीका १३, नेकपा एमालेका २५, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका १/१ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमन्त्री …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

पुनःमतगणना गर्ने उच्चको फैसलाविरुद्ध सर्वोच्च पुगे व्यास मेयर न्याैपाने

काठमाडौं । पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् । उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका मेयर न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । मेयर न्यौपानेले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ। मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि उच्च अदालत पोखराले निर्वाचन भएको २ वर्षपछि पुनःमतगणना गर्ने फैसला गरेको थियो । गत जेठ १ …

पुरा पढ्नुहॊस »

१५ दिनभित्र आफ्नै फार्मेसी सञ्‍चालन गर्न अस्पताललाई महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । महानगर क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र अनिवार्य रूपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिइन् । उनले भनिन्, ‘महानगरभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी …

पुरा पढ्नुहॊस »

व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको हो : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा यस्तो बताएका हुन् । उनले स्वार्थ बाझिने गरी बैंकर्स र व्यवसायी एकै खालको हुन नहुने विषय उठान भएकाले बैंकर्स र व्यवसायी छुट्याएर बैंकलाई थप व्यवस्थित गर्न खोजिएको बताए । उनले यसका लागि अर्थ …

पुरा पढ्नुहॊस »

वाङ खोलाले बगाउँदा चार वर्षीय विद्यार्थीको मृत्यु

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययनरत थिए । लामा बुधबार दिउँसो साथीहरूसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । …

पुरा पढ्नुहॊस »

रुकुम पश्चिममा भिरबाट लडेर शिक्षकको मृत्यु

रुकुम पश्चिम । भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका-१० पेउघाका ४६ वर्षीय शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो । बुधबार विद्यालयबाट घर फर्किएपछि उनी खेतमा कुलोबाट पानी सिँचाइका लागि गएका थिए । कुलोबाट खेतमा पानी लगाएर फर्किने क्रममा बेलुकी करिब पाँच बजेतिर उनी भिरबाट लडेकाे रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलले बताए । गम्भीर घाइते भएका खड्कालाई जिल्ला अस्पताल सल्ले पुर्‍याउँदा चिकित्सकले उनलाई मृत …

पुरा पढ्नुहॊस »

एउटा कानुन कार्यान्वयन गर्दा १९ हजार विद्यार्थीले छात्रवृत्ति पाए : बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेस गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने१ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक सत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका हुन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०,काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा …

पुरा पढ्नुहॊस »

बालयाैन दूराचारको अभियोगमा अपराध अनुसन्धानका इइन्स्पेक्टर पक्राउ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनी बालयौन दुरुपयोग गरेको आरोप पक्राउ परेका हुन् । स्रोतका अनुसार १३ वर्षीया बालिकाले यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको उजुरी दिएपछि प्रहरी वृत्त स्वयम्भूले बुधबार साँझ शिवाकोटीलाई पक्राउ गरेको हो । शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds