समाचार

नगर प्रहरीमाथि आक्रमण गरेकाे आरोपमा ६ जना विद्यार्थी पक्राउ

काठमाडौं । मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत एवं नगर प्रहरीमाथि दुर्व्यवहार र आक्रमण गरेकाे आरोपमा ६ जना विद्यार्थी पक्राउ परेका छन् । रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि बिहीबार एउटा समूहले दुर्व्यवहार एवं हातपात गरेको थियो । त्यही समूहको आक्रमणमा परेर ४ जना नगरप्रहरी सामान्य घाइते भएका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य एवं …

पुरा पढ्नुहॊस »

पत्नीको हत्या आरोपमा सेनाका जवान पक्राउ

काठमाडौं । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका ६ बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया पत्नी टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सवा ८ बजेतिर पत्नीको हत्यापछि सोही खुकुरी लिएर फरार भएका बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुरा पढ्नुहॊस »

बालमन्दिर जग्गा प्रकरणमा बाल संगठनका तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं । बालमन्दिरको जग्गा प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाल सङ्गठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले श्रेष्ठलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हाे । उनीसहित २० जनालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले गएको वैशाख २७ गते अनुमति दिएको थियो । बालमन्दिरको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनीभन्दा बढी जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोप …

पुरा पढ्नुहॊस »

मधेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्  दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथग्रहण गरेका हुन् । मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनिहरु सबैले आजै शपथ ग्रहण गरेका छन् । मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई नियुक्त भएका छन् । नेकपा (एमाले) …

पुरा पढ्नुहॊस »

काठमाडौंमा रुख, पोल, मठ, रेष्टुरेन्टजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्ती हटाउन सिफारिस

काठमाडौं । सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लबजस्ता व्यावसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव दिएको छ । सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई प्रतिवेदन बुझाउँदै सिफारिसका विषयमा जानकारी गराएको हो । गएको वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा …

पुरा पढ्नुहॊस »

डेलिभरीमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई राम्रो डेलिभरी दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसद्को भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ । आवधिक रूपमा यस्ता छलफलहरू जरुरी छ । सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक …

पुरा पढ्नुहॊस »

दाङमा सेनाका जवान बुढाथोकीले गरे श्रीमतीको हत्या

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली सेनाका जवान श्रीमतीको हत्या गरी फरार भएका छन् । शुक्रबार बिहान करिब सवा ८ बजेतिर उपमहानगरपालिका-६ लुङ्ग्री टोलमा २७ वर्षीया श्रीमतीको हत्या पछि फरार भएका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाकाअनुसार ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती टीका बुढाथोकीको हत्या गरेका छन् । हत्यापछि सोही खुकुरी लिएर फरार भएका उनको खोजी कार्य जारी रहेको निरीक्षक थापाको भनाई छ । जवान …

पुरा पढ्नुहॊस »

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’को बैठक बस्दै

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’को बैठक बस्दैछ । बंठक दिउँसो ३ बजेपछि सिंहदबारमा बस्ने तय भएको हो । संसदीय छानबिन समितिका सभापति सूर्य थापाकाअनुसार बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुनेछ । यसअघि बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । एमाले सांसद सूर्यबहादुर थापाको …

पुरा पढ्नुहॊस »

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको नेतृत्वमा दावी पेश गरिएको छ । आज बिहान प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरिएको हो । जनमत पार्टीका सतिश सिंहलाई मुख्यमन्त्री बनाउन ५५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गरिएको हो । जनमत पार्टीका १३, नेकपा एमालेका २५, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका १/१ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमन्त्री …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds