काठमाडौं । पत्रकार दीपेन्द्र खनियाँ मृत अवस्थामा फेला परेका छन् । उनि बानेश्वरको थापागाउँस्थित आफ्नै घरमा मृत फेला परेका हुन् ।
उनि घरभित्रै झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको मुचुल्का सहित आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको बताएको छ । खनियाँ रेडियो अडियोका सञ्चालक हुन् ।
उनका श्रीमती र एक छोरी रहेका छन् । खनियाँ पछिल्लो समय मानसिक तनावमा रहेको बुझिएको छ ।
तपाईंको प्रतिकृया



