देशभर बढ्दै चिसो, यस्तो छ काठमाडौं उपत्यकाको तापक्रम

काठमाडौं । देशभर दैनिक चिसो बढ्दै गएको छ । देशका विभिन्न स्थानमा गरिएको मापनले जाडो बढ्दै गएको देखाएको छ ।

आज (सोमबार) बिहान ५ः३० बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस थियो । यो हिजो (आइतबार) को तुलनामा थोरै बढी हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो यही समयमा तापक्रम ७.८ डिग्री सेल्सियस थियो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे अपडेट गरिनेछ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री