काठमाडाै । नेकपा (एमाले) ले महाधिवेशन उद्घाटन स्थल सार्ने तयारी गरेको वताएकाे छ। एमाले प्रचार विभागका अनुसार ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा गर्ने तयारी भइरहेको छ। एमालेको आजकाे महाधिवेशन सचिवालयको बैठक पनि बसेको थियो।
महाधिवेशन स्थलबारे छलफल भएको थियो। गौतमका अनुसार काठमाडौंमा सवारी चाप, मानिसहरूको आवतजावत आदिलाई ध्यानमा राखेर उद्घाटनस्थल परिवर्तन गर्न लागिएको हो। उद्घाटन सल्लाघारी गरिए पनि बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमै हुनेछ। एमालेको ११ औं महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ। एमालेको यो महाधिवेशन नेतृत्व चयन छ। एमालेले गत भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गरेर नीति तय गरेको छ।
तपाईंको प्रतिकृया




