सुडानको गृहयुद्ध: मानवीय संकट

सुडानमा अहिले सबैभन्दा ठुलो मानवीय संकट देखा परेको छ । गृहयुद्द, भोकमरी, रोगहरुको फैलावट र मानिसहरुको हत्याजस्ता समस्याहरु लगातार देखा परिरहेका छन् । यी समस्याहरु को मुख्य कारण सुडानमा भइरहेको गृहयुद्द हो । उक्त गृहयुद्द सुडानी सेना SAF (Sudanese armed force ) र रेपिड सपोर्ट फोर्स ‘RSF’ बिच २०२३ अप्रिल देखि जारि छ । जसको कारण सुडानका नागरिकले निकै समस्याहरु भोगिरहेका छन् ।

२७ अक्टोबरमा अमेरिकाको ‘येल विश्वविद्यालयको’ मानविय अनुसन्धान प्रयोगशालाले निकालेको एक रिर्पोटमा सुडानले अहिले गम्भिर मानविय संकट भोगिरहेको बताएको छ । उक्त अनुसन्धान रिपोर्टमा सुडानको डारफर, एल- फशेर, जम्जाम जस्ता क्षेत्रहरुमा सैन्य आक्रमण भएको पाइएको छ । स्वास्थ सेवा र आधारभूत संरचना ध्वस्त भएका छन् र लाखौं मानिसहरू भोकमरी, रोग र सुरक्षा संकटको सामना गर्दैछन् ।

सुडान स्रोत साधनले भरिपूर्ण देश हो । यो अफ्रिकाको तेस्रो सबैभन्दा बढी सुनको उत्पादन गर्ने देश भएतापनि यो बिश्वको गरिब र बिपन्न देशहरूमा पर्दछ । गृहयुद्धको कारण आर्थिक र सामाजिक अवस्था झन् बढी नाजुक बनेको छ ।

गृहयुद्धको पृष्ठभुमि
१९८९ जुन ३० मा तत्कालीन कर्नल उमर हसन अल बशीरको नेतृत्वमा महदी सरकारलाई ढालिएको थियो । अल बशीर १९८९ देखि २०१९ सम्म सुडानका शासक थिए । आफ्नो कार्यकालमा उनले विवादास्पद कार्य गरेका थिए । ती मध्य दार्फुर नरसंहार पनि एक हो । २००३ मा दार्फुरमा सरकार विरुद्ध ठूलो आन्दोलन भएको थियो । आन्दोलनको उद्देश्य ‘अरबको प्रभुत्व’ रहेको सरकारले गैर-अरब जातिय आदिवासी समुहलाइ बेवास्ता प्रति विरोध भन्ने थियो । अल बशीरले उक्त आवाज दवाउनका लागि “जान्जाविड” नामक बल परिचालन गरे जसको अर्थ अरबी भाषामा “घोडसवार सैतान” भन्ने हुन्छ । जसले हजारौं मनिसहरुको हत्या गर्ने काम गर्यो । यसले गर्दा अल बशीरमाथी अन्तर्राष्ट्रिय अपराध अदालत (ICC )ले नरसंहार , युद्ध अपराध र मानवताविरोधी अपराधको आरोपमा मुद्दा चलाएको थियो ।

२०१३ मा अन्तर्राष्ट्रिय दवावका कारण “जान्जाविड” लाई परिवर्तन गरेर ‘RSF’ बनाइयो । हाल RSF का प्रमुख जनरल मोहम्मद हम्दान दगालो ( हेमेड्टी) रहेका छ्न् । जो कुनै समयमा”जान्जाविड” मा संलग्न थिए । सुडानमा २०१९ मा अल बशीरका विरुद्धमा ठूलो आन्दोलन भयो । आन्दोलन मा सुडानी सेना (SAF) र RSF ले पनि जनताको पक्ष लिए । २०१९ मा अल बशीरको शासन हटेपछि SAF र RSFले मिलेर शासक परिषद गठन गरे जहाँ सेना, नागरिक नेताहरु दुवै संलग्न थिए । यसको लक्ष ३ वर्षमा देशमा लोकतान्त्रिक निर्वाचन गर्नु थियो ।

तर २०२१ मा SAF का प्रमुख जनरल अब्देल फत्ताह अल- बुरहानले उक्त सरकार लाइ विघटन गरेर सरकार आफ्नो हातमा लिए भने दगालो राज्यको उपप्रमुख रहे । तर SAF र RSF बिच पनि बिस्तारै द्वन्द्व उत्पन्न हुन थाल्यो । र १५ अप्रिल २०२३ मा गृहयुद्धको सुरुवात भयो । यस गृहयुद्धमा विभिन्न पुर्वाधार हरु को क्षती भएको छ । भने दुई शक्ति हरुबिच नागरिक हरु ले धेरै सास्ती भोग्नु परेको छ । २०२४ मे मा मानव अधिकार संगठन ले सुडानको बारेमा गम्भीर रिपोर्ट प्रकाशित गरेको थियो जसले RSF ले दार्फुर क्षेत्रमा गैर अरब जातिय समुदाय विशेषगरि ‘मसालित’ जाती को व्यवस्थित सफाया गर्ने प्रयास गरेको आरोप लगाएको थियो ।

त्यस्तै SAF माथि पनि आम नागरिक भएको स्थानमा बन्दुक चलाएको जस्ता आरोपहरु छन् । समाजिक सञ्जालमा पनि यस युद्धसँग सम्बन्धित डरलाग्दा तस्बिर र भिडियोहरु सार्वजनिक भएका छन् । खुलेआम नागरिकहरुमा अत्याचार भएक दृश्यहरु छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री