काठमाडाै । नेपाल वायुसेवा निगम महाप्रबन्धक पदमा नियुक्तिका लागि १६ जनाको आवेदन परेको छ। सरकारले २७ कात्तिकमा दरखास्त आह्वान गरी १५ दिनको समय दिएको थियो। छनोट प्रक्रिया नेवानि महाप्रबन्धक छनोट सम्बन्धी कार्यविधि २०८२ बमोजिम सुरु हुने मन्त्रालयले जानकारी दिएकाे छ।
सरकारले १५ दिनको समय राखेर २७ कात्तिकमा दरखास्त आह्वान गरेको थियो । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्दैछ । नेवानि महाप्रबन्धक पद अहिले रिक्त छ । सिलबन्दी नाम आइतबारदेखि खोलेर मूल्यांकन सुरु गर्ने तयारी छ ।
तपाईंको प्रतिकृया




