साहित्य

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा दसैँकाे शुभकामना आदान प्रदान कार्यक्रम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) नेपालीहरुको महान पर्व दसैँको अवसरमा पनि सक्रिय रहेको छ। विश्वभरि छरिएर रहेका नेपालीहरुलाई दसैँको नियास्रो नलागोस् र सिर्जनात्मक कार्यक्रम निरन्तर चलिरहोस् भन्ने अपेक्षाका साथ चाडबाडका बेला पनि उक्त संस्था सक्रिय रहेको जनाइएको छ। यही सक्रियताको पछिल्लो उदाहरण बनेको छ, दसैँको शुभकामना आदान प्रदान र रचना वाचन कार्यक्रम। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आबद्ध विभिन्न च्याप्टरहरुका दर्जनौँ स्रष्टाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा दसैँको शुभकामना …

पुरा पढ्नुहॊस »

कवि सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह ‘तेल भिसा’ को लोकार्पण

कवि तथा लेखक सुरेन्द्र अस्तफलको नवीनतम् कवितासङ्ग्रह ‘तेल भिसा’ को लोकार्पण भएको छ। चितवनमा बसेर साहित्य सृजना गरिरहेका अस्तफलको नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा कवितासङ्ग्रहको लोकार्पण गरिएको हो। आफ्ना कवितामा समाजको चित्रण गर्न मन पराउने अस्तफलका यस अघि शब्दहरू अविराम यात्रामा, आमा, बिम्बशिविर र हिउँको आरोहण कृति प्रकाशित भइसकेका छन्। शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक सङ्घ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्षसमेत रहेका …

पुरा पढ्नुहॊस »

साहित्यकार गणेश नेपालको ‘बाँच्नुको एउटा जीवन’ सार्वजनिक

साहित्यकार गणेशप्रसाद नेपालको ‘बाँच्नुको एउटा जीवन’ आत्मकथा कृतिको शनिबार झापाको चन्द्रगढीमा विमोचन गरिएको छ। लेखनाथ पुस्तकालय, चन्द्रगढी र वर्तमान साहित्य प्रतिष्ठान, भद्र्रपुरद्वारा आयोजित एक कार्यक्रमबीच आख्यानकार पुण्यप्रसाद खरेलले कृतिको विमोचन गरे। कृति समीक्षा गर्दै प्रा. ताराराज पौडेलले लामो समय शिक्षण पेसामा बिताउनुभएका नेपालले साहित्यमा आफ्नो जीवनका भोगाइलाई सरल र सहज ढंगले उतारेको उल्लेख गरे। त्यसैगरी, साहित्यकार भवानी क्षेत्रीले कृतिको बारेमा बोल्दै उक्त कृतिले लेखकको जीवनका आरोह–अवरोहका साथै त्यसबेलाको सामाजिक अवस्थालाई …

पुरा पढ्नुहॊस »

‘तमोरको सुसेली’ लिएर आए कथाकार लक्ष्मीकिशोर

नेपाल प्रज्ञा प्रतिष्ठानमा कथाकार तथा शिक्षक नेता लक्ष्मीकिशोर सुवेदीको कथा सङ्ग्रह ‘तमोरको सुसेली’को लोकार्पण सम्पन्न भएको छ। शिक्षाविद् तथा साहित्यकार खगराज बराजको प्रमुख आथित्यतामा सम्पन समारोहको अध्यक्षता चर्चित आख्यानकार भुवनहरि सिग्देलले गरेका थिए। सभामा उपस्थित नाटककार अशेष मल्ल, मदन पुरस्कार विजेता महेशविक्रिम शाह, साहित्यकार अरुण सुवेदी, लेखककी आमा र लेखक स्वयंले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए। पुस्तकमाथि बोल्दै मदन पुरस्कार विजेता लेखक शाहले आञ्चलिक, शिक्षक र विद्यार्थीको सम्बन्ध र …

पुरा पढ्नुहॊस »

भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’लाई ‘मदन पुरस्कार-२०७७’

‘मदन पुरस्कार-२०७७’ ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ले पाएकाे छ। छनाेटमा परेका ९ पुस्तकहरूबाट ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ले मदन पुरस्कार पाएकाे हाे। मदन पुरस्कार प्राप्त कृतिलाई ४ लाख राशीको मदन पुरस्कारबाट सम्मान गरिनेछ। मदन पुरस्कार गुठीले हरेक बडादशैँको कोजाग्रत पूर्णिमाका दिन बर्षका उत्कृष्ट पुस्तकमध्येबाट एकलाई ‘मदन पुरस्कार’ र नेपाली साहित्यमा उल्लेख्य योगदान गर्ने एकजनालाई ‘जगदम्बा श्री पुरस्कार’ बाट सम्मान गर्दै आएको छ। यसपटकको पुरस्कारका लागि मनोनयनमा कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्पग्रन्थ’, भैरवबहादुर थापाको …

पुरा पढ्नुहॊस »

नेपाल-भारत साहित्य दोस्रो महोत्सव काठमाडौंमा हुने

नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुने भएको छ। मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितको उपस्थितिमा महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आज काठमाडौंमा भएको छलफलमा उक्त निर्णय भएको हो। परिस्थिति अनुकूल भएमा आगामी २६ देखि २८ फरवरी २०२२ मा सो त्रिदीवसीय कार्यक्रमको आयोजन गरिने छ। नेपाल भारतबीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने …

पुरा पढ्नुहॊस »

‘अपरिचित अनुहार’ लिएर आए कथाकार महेश पौड्याल

साहित्यकार तथा समालोचक महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’ नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ। महेश कार्की क्षितिजले सञ्चालन गरेको कार्यक्रममा लेखकको परिचय प्याबसनका महासचिव सुवास न्यौपानेले दिएका थिए। त्यसैगरी शुभकामना मन्तव्य त्रिभुवन विश्व विद्यालयका अङ्ग्रेजी विभाग प्रमुख डा. जीवलाल सापकोटाले दिएका थिए। कथासङ्ग्रहको समीक्षा गर्ने क्रममा डा.अशोक थापाले कथाको बारेमा टिप्पणी गरेका थिए। उनले भने “त्यसपछि फुलेन गोदावरी नामक कथासङ्ग्रहभन्दा यस सङ्ग्रहको उचाई बढेको छ।” उनले थप्दै भने “कथासङ्ग्रह पढ्दै …

पुरा पढ्नुहॊस »

‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’ कथाकार हरि थापालाई

यस वर्षको ‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’ कथाकार हरि थापालाई प्रदान गरिने भएको छ। पुरस्कार समितिका संयोजक तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले शैवले सो जानकारी दिएका हुन्। साहित्यकार सुशील नेपाल तथा सुमन नेपालद्वारा प्रातस्मरणीय माता-पिताको सम्झनामा स्थापित यस संस्थाले हालसम्म बोष्टनमा रहेर नेपाली साहित्य लेखनमा लागि पर्ने सात जना साहित्यकारलाई सम्मान गरिसकेको छ। सम्मानित हुने साहित्यकारहरूमा भारती गौतम, दिनेश राजभण्डारी, गोवर्द्धन पूजा, लालगोपाल सुवेदी, दीपा राई पुन र …

पुरा पढ्नुहॊस »

[लघुकथा] मनकी मानक

गाउँ छोडेर काठमाडौं आएपछि, गाँउले र शहरिया जीवनशैली बिच दैनिकीमा हुने फरकपनको गहिरो खाडल ठम्याउन नपाउँदै एक जना नव मित्रले ठट्यौली पारामा सोधेका थिए, मित्र, विवाह गर्नु भयो ? ‘नो’को उत्तरपछि फेरि उनले सोधे- कोही केटी साथी ? फेरि ‘नो’को जवाफमा उनले भनेका थिए- अरे यार, कोही कल्पना देवी वा भावना देवी त होलान् नि जीवनमा ? म अवाक बनेको थिए त्यस बखत ! पछि थाहा भयो अविवाहित अनि कोही …

पुरा पढ्नुहॊस »

कवि महेशराज खरेलको ‘मनको किरण’ कवितासङ्ग्रहको लोकार्पण

काठमाडाै । कवि महेशराज खरेलद्वारा रचित ‘मनको किरण’ कविता सङ्ग्रहको लोकार्पण तथा परिचर्चा कार्यक्रम भर्चुअल (जुम) माध्यमबाट सम्पन्न भयाे । साहित्य सुधा नेपालको आयोजनामा सम्पन्न भएको साे विशेष समारोहको अध्यक्षता साहित्य सुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले गर्नुभएको थियो भने सञ्चालन इन्दिरा दाहालले गर्नुभएको उक्त समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा प्राज्ञ प्रा.डा.हेमनाथ पौडेल, प्रा.डा.गोविन्दराज भट्टराई उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा प्राज्ञ डा.देवी नेपाल, प्राज्ञ …

पुरा पढ्नुहॊस »