अक्षरमार्गद्वारा साहित्यसेवीहरू सम्मानित

अक्षरमार्गले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नेपाल र छिमेकी देश भारतका साहित्यसेवीहरूलाई सम्मान गरेको छ।

सम्मानित हुनेहरूमा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट रोचक घिमिरे, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट गंगा सुवेदी, नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मानबाट डा शैलेन्दुप्रकाश नेपाल, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मानबाट श्रीराम श्रेष्ठ सम्मानित भएका थिए ।

साथै कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान: डा साधना पन्त प्रतिक्षा, ध्रुवमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मान डा विजय पण्डित, भारत, अक्षरमार्ग भरतराज काभ्रेली सम्मान: तुयुकाजी ताम्राकार तथा खड्गबेद अक्षरमार्ग सहयात्रा सम्मान : विजयराम कर्माचार्यलाई प्रदान गरिएको थियो। उनीहरूलाई नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानका कुलपति के के कर्माचार्यले सम्मान समर्पण गरेका थिए ।

सोही कार्यक्रममा कवि सूर्य लाकोजूको घाम फुल्ने यामको दोस्रो संस्करण र मकर मेला अफ पनौतीको दोस्रो संस्करणको लोकार्पण गरिएको थियो। अक्षरमार्गबाट प्रकाशित कथामा समवेत स्वरहरू र कृष्णप्रसाद सिटौलाको कविता संग्रह मनकुसुमको पनि विमोचन भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि के के कर्माचार्यले अक्षरकर्म अविनाशी कर्म भएको विचार पोखेका छन् । कार्यक्रममा सम्म्मानित स्रष्टा रोचक घिमिरे, साहित्यकार मोहन दुवाल, सूर्य लाकोजू, रामसुन्दर देउजा लगायतले आआफ्ना विचार ब्यक्त गरेका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री यादवलाई

काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ले पाउने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after