बीमा

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य, आरोही श्रेष्ठसँग भयो सम्झौता

काठमाडाैँ । बिना अक्सिजन मनास्लु हिमालको आरोहण गर्न लागेकी पूर्णिमा श्रेष्ठलाई नेपाल लाइफले सहयोग गर्ने भएको छ । जसअनुसार सन्दर्भमा आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ पेशाले फोटो पत्रकार हुन् । उनले सगरमाथासहित नेपालको ८००० मीटरभन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढिसकेकी छन् । श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय …

पुरा पढ्नुहॊस »

एशियन लाइफले ब्याजमा ५० प्रतिशत छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका बीमितलाई लाग्ने विलम्ब शुल्क (ब्याज) मा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले २०७७ भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखहरूमा लाग्ने ब्याजमा छुट दिन लागेको हो । आज (भदौ १५ गते) देखि आगामी असोज १२ गतेभित्र पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा छुट दिने कम्पनीले जानकारी दिएको छ । भदौ १४ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ …

पुरा पढ्नुहॊस »

रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौँडामा सम्पन्न

काठमाडौँ । रिलायन्स लाइफ इन्सोरेन्सले भदौ ८ र ९ गते बर्दिबास र हेटाैँडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन–रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’ सम्पन्न गरेको छ । उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा डेपुटी चिफ एक्जुकेटिभ अफिसर निराजन कँडेलको उपस्थित थियो । त्यसैगरी प्रमुख व्यापार अधिकारी सूर्यप्रकाश गुप्ता र सन्दीप कसजु, क्षेत्रीय सहायक प्रबन्धक, तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पूर्ण सदस्यहरु उपस्थित थिए । कार्यक्रममा प्रेरक प्रशिक्षक मोटिभेशनल स्पिकर बिपि …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफको ‘लिडर्स नाइट २०२२’ सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण २०७९ साल भाद्र ९ गते बिहीबार होटेल सोल्टी क्राउन प्लाजमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ४८ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडर, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट …

पुरा पढ्नुहॊस »

लघु बिमा कम्पनीको लाइसेन्स खुला

काठमाडौं । लघु बिमा कम्पनीको लाइसेन्स खुलेको छ । बिमा समितिले ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । सात प्रदेशमा एउटा एउटा हुने गरि ३ जीवन र ४ निर्जीवन लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरी शुक्रबार सूचना प्रकाशित गरेको छ । लघु बीमा कम्पनीको चुक्ता पँुजी ७५ करोड रुपैयाँ हुने बताइएको छ। आगामी ३५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । सूचनामा उल्लेख गरेअनुसार लघु बिमामा यसअघि नै …

पुरा पढ्नुहॊस »

गुराँस लाइफ इन्स्योरेन्स बोनस सेयर दिँदै

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट ७.४४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.३९ प्रतिशत नगद लाभांश पनि खर्च गर्नेछ। कम्पनीले ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशतले हुन आउने ८१ लाख …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने

काठमाडौँ । राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । राष्ट्रिय बीमा संस्थान ऐन–२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक–२०७९ संघीय संसदको प्रतिनिधिसभाबाट आइतबार पारित भएको छ । उक्त विधेयेक पारित भएसँगै अब बीमा संस्थानसमेत बीमा ऐन अनुसार नै सञ्चालन हुने छ । उक्त ऐन अनुसार अब बीमा संस्थानले एक वर्षभित्र पब्लिक लिमिटेडको रुपमा रुपान्तरण हुनुपर्ने छ । पब्लिक लिमिटेड बन्न उक्त संस्थानले सर्वधारणमा समेत आईपीओ जारी गर्नुपर्ने छ …

पुरा पढ्नुहॊस »

नेशनल लाईफको एनुअल बिजनेश लिडर्स कन्क्लेभ

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न भएको छ । लुम्बिनीमा चार दिनसम्म सञ्चालन भएको सम्मेलनको मुख्य नारा ‘रिचिङ द पिनाकल २०७९/८०’ रहेको थियो । सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गरेका थिए । कार्यक्रममा खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको भन्दै कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन सबैले अधिकतम प्रयास गर्नु पर्ने बताए । जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान अवस्थाबारे विवेचनाका …

पुरा पढ्नुहॊस »

प्रभु लाईफ इन्स्योरेन्सको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन

काठमाडौँ । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गर्यो । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको छ । विजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए भने क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका संचालक समिति अध्यक्ष सुभाष अमात्यले गरेका थिए । कार्यक्रममा आगामी …

पुरा पढ्नुहॊस »

एकैदिन ७ सय ४८ जना अभिकर्तालाई बीमा तालिम

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा शनिबार मुलुकभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जना लाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए । आइएमई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गट्ठाघर लगायतका शाखाका कार्यालयमा अभिकर्ताहरुलाई तालिम दिइएको …

पुरा पढ्नुहॊस »