काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल ४ लाख ८१ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले २४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी भने बढेको छ । चालू आवको चैत मसान्तसम्म कम्पनीले ११ करोड ५९ लाख कुल आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ५ करोड २ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको आम्दानीमा आएको वृद्धिसँगै खर्च पनि बढेको छ । गत आवको चैतसम्म ४ करोड ६८ लाख कुल खर्च गरेको कम्पनीले आलु आवको चैतसम्म कुल ११ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ ।
यस अवधिमा कम्पनीले आफ्नो लगानी भने बढाएको छ । गत आवको चैत मसान्तसम्म कुल ४८ करोड ३५ लाख रुपैयाँ लगानी गरेको कम्पनीले चालु आवको चैत मसान्तसम्म आईपुग्दा त्यसबाट बढाएर ६३ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ ।



