बीमा

एशियन लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच सम्झौता

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी  र सिभिल बैंकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्ताक्षर गरे ।सम्झौता पश्चात  बैंकका ग्राहकहरुले ७१ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रबर्दनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने विश्वास बैंकले लिएको छ ।

पुरा पढ्नुहॊस »

कामना सेवाविकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गुराँस लाइफइन्स्योरेन्स कम्पनी र कामना सेवाविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगदफिर्ता जीवनवीमा सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । योजनामा सार्वधिक, आजीवन र पेन्सन जीवनबीमा योजना सहित १२ वटा जीवनबीमा योजना विक्रीगर्ने तथा बीमीतहरुलाई …

पुरा पढ्नुहॊस »

जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । उक्त  सम्झौतामा इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले उक्त सहमतिपत्रमा हस्ताक्षर गरे। सम्झौता पश्चात  बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा महालक्ष्मी बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे । उक्त  सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुक भरका शाखा तथा एक्स्टन्शन काउण्टर र कार्यालय मार्फत महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाट छिटो छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी …

पुरा पढ्नुहॊस »

सगरमाथा इन्स्योरेन्स र चिरायू अस्पतालबीच सम्झौता

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायू अस्पताल बीच अस्पतालले प्रदान गर्ने सुविधाहरुमा छुट दिने सम्झौता भएको छ । उक्त  सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायू अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्यउपचार सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर  गरे। सम्झौता अनुसार  सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराएको भीआइपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई चिरायू अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा छुट पाउनेछन् ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट  कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनीको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले  हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले ६३ वटै शाखाहरुबाट सहजरुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमापोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरुलाई लाभाविन्त …

पुरा पढ्नुहॊस »