सर्वाधिक बोनस दिदै एलआईसी

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)नेपालमा सबैभन्दा बढी बोनस दिने कम्पनी बनेको छ । कम्पनीेले न्यूनत्तम प्रतिहजार बार्षिक ६६ रुपैयाँ देखि ८५ रुपैयाँ कायम गरेको छ । कम्पनीले गत आव २०७४/७५ लागि उक्त बोनसदर कायम गरेको हो ।

कम्पनीले जीवन आस्था बीमा योजनामा ५ बर्ष बीमा अवधिको लािग प्रतिहजार ८५ रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, तीन बर्षे बीमा अवधिको लागि ८० रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक जीवन बीमाका लागि भने २५ वा सो भन्दा माथिको अवधिका लागि प्रति हजार ८० रुपैयाँ कायम गरेको छ । २० देखि २४ बर्ष अवधिका लागि ७० रुपैयाँ, ५ देखि १९ बर्षसम्मका लागि ६६ रुपैयाँ कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा भने २५ बर्ष अवधिको लागि प्रति हजार ६८ रुपैयाँ कायम गरेको छ । २० बर्ष अवधिको लागि ६७, १५ बर्ष अवधिको लागि प्रतिहजार ६६ रुपैयाँ कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा २५ वा सो भन्दा माथिको अवधिका लागि प्रतिहजार ८० रुपैयाँ कायम गरेको छ । २० देखि २४ बर्षका लागि ७० रुपैयाँ, ५ देखि १९ बर्षका लागि ६६ रुपैयाँ कायम गरेको छ ।

साथै जीवन तरगं बीमा योजनामा अन्तर्गत २० बर्षे अवधिको लागि प्रति हजार ७७ रुपैयाँ, १५ बर्ष अवधिको लागि ६८ रुपैयाँ र १० बर्षे योजनाका लागि ६६ रुपैयाँ कायम गरेको छ ।

साथै हालसम्मकै उच्च बोनशदर कायम गर्दै आएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले भने अधिकत्त प्रतिहजार ८२ रुपैयाँ कायम गरेको छ । कम्पनीले २०७१/७२ लागि बोनसदर स्वीकृत गराएको छ ।

कम्पनीले सावधिक जीवन बीमा योजना अन्तर्गत २५ बर्ष वा सो भन्दा माथिको अवधिका लागि प्रति हजार बोनशदर ८२ रुपैयाँ कायम गरेको छ ।

२१ देखि २५ बर्षसम्मका लागि ७२ रुपैयाँ, १६ देखि २० बर्षसम्मका लागि ६५ र ५ देखि १५ बर्षसम्मका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी बीमा योजना अन्तर्गत १० देखि २० बर्षे बीमा अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ कायम गरेको छ । १५ बर्षे जीवन समृद्धि बीमा योजनाका लागि प्रतिहजार ६२ रुपैयाँ र २० बर्षे अविधका लागि ६४ रुपैयाँ कायम गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री