एलआईसीद्वारा उच्च बोनसदर घोषणा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले बीमितहरूका लागि बीमा क्षेत्रकै सबैभन्दा उच्च बोनसदर घोषणा गरेको छ । कम्पनीले आव २०७४/७५ देखि लागू हुने गरी सोमवार नयाँ बोनसदर घोषणा गरेका हो ।

कम्पनीले सबै बीमा योजनाहरूमा बीमाअवधि अनुसार न्युनतम रू. ६६ देखि अधिकतम रू. ८५ सम्म (प्रतिहजारमा) बोनस दिने भएको हो । हाल कम्पनीमा कम्तीमा ५ वर्षदेखि बढीमा २५ वर्षसम्मको अवधी भएका बीमा योजना छन् । जसमा ५ वर्षे अवधि भएका योजनामा रू. ६६, २० वर्षे अवधिका जीवन तरंग (पेन्सन) योजनामा रू. ७७ र २५ वर्ष अवधि भएका जीवन आस्था योजनामा रू. ८५ (प्रतिहजारमा) बोनस दिइने कम्पनीको भनाइ छ ।

बीमितहरुका लागि यो बोनसदर नेपालको जीवन बीमा क्षेत्रकै सबैभन्दा उच्च भएको कम्पनीको भनाइ छ । कम्पनीले गत आइतवार नै समितिबाट यस बोनसदरको स्वीकृति पाइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ महिनामै २० करोड नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड नाघेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा …

प्रतिकृया दिनुहॊस