गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दावी वापतको भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

बैंकको लालबन्दी शाखा कार्यालयमा गुराँस सावधिक जीवन बिमा अन्तर्गत ५ लाख को बिमा गराई जम्मा ५ किस्ता वापत १ लाख ८१ हजार ६ सय ४५ भुक्तानी गरिएको बैंकले जनाएको छ । बैंकले लालबन्दी नगरपालीका वडा नं. १७, रानीगंज , सर्लाही निवासी बिमीत विष्णु राज श्रेष्ठको मोटर साइकल दुर्घटनमा परि मृत्यु भएको दावी भुक्तानी वापतको रकम बिमीतको श्रीमती श्रीमती रेखा जोशीलाई ११ लाख ८ हजार ५ सय २ को चेक हस्तान्तरण गरेको छ ।

कम्पनीको शाखा कार्यालय लालबन्दीका शाखा प्रमुख लोक कुमारी काफ्ले, लालबन्दी नगरपालीका वडा नंं. १७ का वडा अध्यक्ष  नवराज अधिकारी र उद्योग वाणिज्य सघंका अध्यक्ष कल्याण जोशीले संयुक्त रुपमा हस्तान्तरण उक्त रकमको चेक हस्तान्तरण गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल लघु बीमक संघ गठन, अध्यक्षमा चिरायु भण्डारी

काठमाडौं । नेपालमा सञ्चालित लघु बीमा कम्पनीहरुको छाता संघठन दर्ता भएको छ । जिल्ला प्रसासन …

प्रतिकृया दिनुहॊस