प्राईम लाईफ इन्स्योरेन्सको बीमाशूल्क १८ प्रतिशतले बढ्यो

काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्सको चालु आर्थिक बर्ष २०७ । ७६को तेस्रो त्रैमासमा बीमाशुल्क आर्जन १८ प्रतिशतले बढेको छ ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ९४ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको चालु आवको तेस्रो वित्तिय विवरण अनुसार गत आवको अन्त्यसम्मा कम्पनीमा ४ लाख ९२ हजार २८६ बीमालेख कायम रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीमा ५लाख ५९ हजार ६५२ बीमालेख कायम रहेको थियो । त्यस्तै, कम्पनीले चैत मसान्तसम्ममा ३४ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २४ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम १ करोड ४८ लाख रहेको छ भने, कम्पनीले ४० वटा दाबीको भुक्तानी गरेको छैन । कम्पनीको जगेडा कोष १४ प्रतिशतले बढेर १ अर्ब ११ करोड ९ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको जोड कोष ९४ करोड ८२ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने २६ प्रतिशतले बढेर ८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाबिपत्ती कोषमा १० करोड ८६ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३३ पैसा र मूल्यआम्दानी अनुपात ३७.६२ रहेको छ

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ …

प्रतिकृया दिनुहॊस