स्वास्थ्य

वीर अस्पतालमा अब बिहान ८ बजेदेखि ओपीडी सेवा

काठमाडौं । वीर अस्पतालमा ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आजदेखि कार्यान्वयनमा आएको हो । तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन् । न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध …

पुरा पढ्नुहॊस »

आयुर्वेद सेवाको प्रवर्द्धनमा जोड

काठमाडौँ । काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा आयुर्वेद सेवाको प्रवर्द्धनमा जोड दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँले गरेको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले आयुर्वेद सेवाको प्रवर्द्धन आवश्यकता रहेको बताएका हुन् । सोमबार काठमाडौँको सिनामगलस्थित एएफसी क्याफेमा एक कार्यक्रमको आयोजना गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँले आयुर्वेद चिकित्साको महत्त्व, आवश्यकता र सेवाको बारेमा पत्रकारहरूसँग अन्तरक्रिया सञ्चालन गरेको हो । केन्द्रको बारेमा जानकारी दिँदै डाक्टर पुनम नेपालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र …

पुरा पढ्नुहॊस »

धापासीमा खुल्यो अमृतम गमय आदि ईएनटी केयर क्लिनिक

काठमाडौँ । काठमाडौँको धापासीमा ‘अमृतम गमय आदि ईएनटी केयर क्लिनिक’ सञ्चालनमा आएको छ । नाक, कान, घाँटी रोगको उपचारमा आधुनिक प्रविधिको उपकरणसहित उत्कृष्ट उपचारको केन्द्रका रूपमा क्लिनिक सञ्चालन गरिएको हो । क्लिनिक ध्यान तथा अध्यात्मका विधिको माध्यामबाटसमेत एकीकृत उपचार गरिने क्लिनिकका संस्थापक वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्राडा दीपक रेग्मीले जानकारी दिए । उनकाअनुसार क्लिनिकमा उपचारमा थप सहयोग पुर्‍याउन तथा दैनिक जीवनलाई अझ राम्रो बनाउन ध्यान तथा अध्यात्मका विधि …

पुरा पढ्नुहॊस »

नर्भिक अस्पतालमा कार्डियोलोजीको फ्रि ओपिडी हुने

काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ । गत शनिबार (असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ (कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको थियो । सर्वसाधारणहरुको अत्यधिक सहभागिता र मागका कारण डा. सिलवालको टिमले आगामी शनिवार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो । शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी …

पुरा पढ्नुहॊस »

नेपालमा पहिलोपटक पुष्टि भएको ‘मंकिपक्स’ के हो ?

काठमाडौँ । नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिएका हुन् । ‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा परीक्षण गर्दा शुक्रबार एमपक्स संक्रमण पुष्टि भएको हो ।’ मंकिपक्सका …

पुरा पढ्नुहॊस »

गर्भमा छोरा छ कि छोरी भनेर पहिचान गर्नेलाई १ वर्षसम्म कैद सजाय हुने

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज पनि सुनुवाइका लागि बोलाइएको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । समितिको आजको बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्ने छन् । सवाल-जवाफबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् । संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले …

पुरा पढ्नुहॊस »

स्नायू रोगबाट पीडितका लागि नर्भिकमा फ्रि ओपिडी हुने

काठमाडौँ । वरिष्ठ स्नायू रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ । नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिवार(जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी (न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो । नेपालीहरुमा पछिल्लो समय ब्रेन ट्यूमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्यूमर डे’को अवसर पारी डा. झाले निःशुल्क …

पुरा पढ्नुहॊस »

१० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सात सय ५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्रचार गरी कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका …

पुरा पढ्नुहॊस »

अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्नू : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका र रिक्त श्ययाको सङ्ख्या वेबसाइटमा दैनिकरुपमा अध्यावधिक गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ । काठमाडौँमा …

पुरा पढ्नुहॊस »

देशभर थपिए २४ कोरोना सङ्क्रमित, १५ जना सङ्क्रमणमुक्त

काठमाडौं  । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । बिहीबार …

पुरा पढ्नुहॊस »