खरिद तथा आपूर्ति शृङ्खला सुधार
- स्वास्थ्य खरिद र आपूर्ति शृङ्खला सुधारका लागि खरिद विज्ञ सहितको समिति गठन गरी स्वास्थ्य खरिदका समस्या र चुनौतीहरु पहिचान गरी निराकरणको थालनी
- स्वास्थ्य खरिद निर्देशिका/कार्यविधि तयारी कार्य द्रुत गतिमा अघि बढिरहेको
- स्वास्थ्य खरिद र आपूर्ति शृङ्खला सुधारका लागि सार्वजनिक खरिद ऐन/नियमावलीमा संसोधनका बुँदाहरु पहिचान गरी संसोधनको लागि राय सुझाव तयार
- स्थानीय तहका ५,१०, १५ शैयाको आधारभूत अस्पतालहरुको लागि न्युनतम सेवा मापदण्ड अनुसारको आवश्यक औजार उपकरणको सूची तयार भई स्वीकृत
- स्वास्थ्य सेवा विभागको Specification Bank Update कार्य प्रारम्भ
|
कार्यक्रमगत सुधार अन्तर्गत मातृ तथा नवजात शिशु स्वास्थ्य
- मातृ तथा नवजात शिशु स्वास्थ्यको अवस्था कमजोर रहेका ४ प्रदेशहरू भित्रका कमजोर जिल्लाहरु पहिचान गरी लक्षित कार्यक्रम संचालन
- कोशी, वाग्मती, गण्डकी, लुम्विनी तथा सुदुर पश्चिम प्रदेशका अस्पतालहरुको SNCU सेवाको सुदृढीकरणको लागी SNCU तालिम तथा अनसाईट ओरेन्टेशन
- सातै प्रदेशका अस्पतालहरुमा SNCU सेवाको आवश्यक उपकरणको पहिचान तथा वितरण
- सुदुरपश्चिम प्रदेशको बझांग, बाजुरा र मधेश प्रदेशको रौतहट, सर्लाहीको लक्षित २४ मध्ये १५ ठाउँमा Integrated Reproductive Health Camp सम्पन्न
- EmONC Assessment ७ प्रदेश र EmONC Prioritization कार्य ५ वटा प्रदेशमा सम्पन्न
- SNCU Level II Assessment ७ प्रदेशमा तथ्यांक संकलन सम्पन्न
- Hypothermia को दर उच्च भएका अस्पतालहरुमा Hypothermia Alert Device सम्बन्धि अभिमुखीकरण तथा Device वितरण
मानसिक स्वास्थ्य
- १६ वटा संघीय अस्पतालहरुमा मनोसामाजिक डेस्क स्थापाना गरी सेवा सुरुवात
- GEN-Z अदोलनका घाइतेहरुलाई GEN-Z Clinic मार्फत मनोसामाजिक सेवा प्रदान
- विद्यालय मानसिक स्वास्थ्य कार्यक्रमको फ्रेमवर्क तयारीको कार्य अघि बढेको
- नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवाको म्यापिंग सम्पन्न
- मातृ मानसिक स्वास्थ्य कार्यक्रम प्रसुती अस्पतालमा कार्यान्वयन
- स्वस्थ मन, स्वस्थ जीवन: मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ मंसिर २४ गते देखि फाल्गुन ३० गते सम्म संचालनमा रहेको
- शहिद परिवारलाई मनोवैज्ञानिक सहजीकरण गरि पुनर्स्थापना गर्ने कार्यको तयारी पूरा भई सो कार्य पौषको तेस्रो हप्ताबाट सुरुवात हुने
आप्रवासी श्रमिक स्वास्थ्य
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य स्थानहरूमा वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी श्रमिकहरूलाई अत्यावश्यक स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गर्न स्ट्यान्डी र जानकारीमूलक स्टिकर राखिएको
- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसंग सम्झौता गरि आप्रवासी श्रमिकहरूको लागि टेलिमेडिसिन सेवा विस्तारको तयारी
- वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी श्रमिकहरूलाई स्वास्थ्य सम्बन्धी सूचना मूलक सामग्री तयार गरि वितरण गरिने कार्य अघि बढिरहेको
मन्त्री गौतमले उनकाे कार्यकालमा लिएका नीतिगत निर्णयहरु
| नर्सिङ लगायत स्वास्थ्यकर्मीहरूको सेवा सुविधा सम्बन्धी कार्यदल गठन |
| जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गिकरण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृति तथा कार्यान्वयनका लागि गृह मन्त्रालय मार्फत जिल्लाहरु पठाइएको |
| स्वास्थ्य प्रवर्धनात्मक विद्यालय सम्बन्धी मापदण्ड संशोधन |
| स्वास्थ्य सेवाजन्य संक्रमण निगरानी कार्यविधि स्वीकृत |
| अस्पतालहरूलाई अनुदान दिने सम्बन्धी निर्देशिका तयारीका लागि समिति गठन |
| मन्त्रालयमा प्राप्त गुनासो/सुझावको छलफल एवं सम्बोधनको लागि शासकीय सुधार एकाई गठन |
| संगठन तथा व्यवस्थापन सर्वेक्षणको पूर्व तैयारी (म.प.मा प्रस्ताव पठाउने) |
| गैरकर राजस्वको शुल्क कायम परिमार्जन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने |
| TVC Booster Dose Clinical Trial अनुमतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने |
| मस्तिस्कघातको उपचारमा प्रयोग हुने औषधि निशुल्क वितरणका लागि सम्बन्धित अस्पताल र स्वास्थ्य सेवा विभाग बीच द्वीपक्षिय सम्झौता गर्न स्वीकृती प्रदान गर्ने |
मन्त्री गौतमले उनकाे कार्यकालमा गरेका अनुगमन, निरीक्षण तथा भ्रमण
| नेपाल आयुर्वेद अनुसन्धान तालिम केन्द्र, किर्तिपुर |
| कान्ति अस्पताल, महाराजगंज, त्रि.वि., टिचिङ अस्पताल, महाराजगंज, राष्ट्रिय आयुर्वेद पंचकर्म तथा योग सेवा केन्द्र, बुढानिलकण्ठ |
| चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल |
| लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लबनी स्वास्थ्य चौकी, पकडी स्वास्थ्य चौकी, हरनामपूर प्राथमिक स्वास्थ्य चौकी, कपिलवस्तु जिल्ला अस्पताल, कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र, वाडगंगा आयुर्वेद औषधालय, पिपरा अस्पताल, सैनामैना नगर अस्पताल, सैनामैना प्राकृतिक चिकित्सालय, Lumbini Eye Institute & Research Centre, Universal College of Medical Sciences |
| वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान, गजेन्द्र नारायण अस्पताल, सप्तरी, कोशी अस्पताल, विराटनगर |
| भरतपुर अस्पताल, चितवन, भरतपुर अस्पताल, ट्रमा सेन्टरको समुद्घाटन, वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, केन्द्रिय मेडिकल स्टोर, पथलैया, औषधि व्यवस्था विभाग विरगंज शाखा |
| भारतको नयाँ दिल्लीमा “2nd WHO Global summit on Traditional Medicine and High-Level Ministerial Dialogue on Implementation of the WHO Global Strategy 2025-2034″ कार्यक्रममा सहभागिता। |
| आयुर्वेद चिकित्सालय नरदेवी, सिंहदरबार वैद्यखाना |
|
|