मनॊरञ्जन

मेषको ‘ढुकढुकी’मा केकीसंग रिजनको मायापिरती (भिडियोसहित)

काठमाडौँ । मेष बहादुर बस्नेतको म्युजिक भिडियो ‘ढुकढुकीमा तिमी छौ र पो माया’ सार्वजनिक भएको छ । कौशिला कार्की बस्नेत निमात्री रहेको उक्त भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । मेष बहादुर बस्नेतको शब्द तथा रुवरुप राज आचार्य र मेलिना राईको स्वर रहेको गीतमा आरपी लामिछाने (रामु दाई)ले संगीत भरेका छन् । रुवरुप राज आचार्य र मेलिना राईले पहिलो पटक संगै गाएका हुन् । भिडियोमा केकी अधिकारी, रिजन …

पुरा पढ्नुहॊस »

अभिनेत्री सन्नी लियोन काठमाडौँमा

काठमाडौँ । बलिवुड अभिनेत्री सन्नी लियोन विहिबार काठमाडौँ आएकी छन् । उनले आइटम गीतमा नृत्य गरेको फिल्म पासवर्डको प्रिमियरमा सहभागी हुन सन्नी काठमाडौँ आएकी हुन् । सन्नीले विहिबार साँझ कुमारी हलमा बसेर पासवर्ड फिल्म हेरेकी छन् । सन्नीले कुमारी हलमा नेपाली चलचित्रकर्मी, कलाकार, मिडियाकर्मीहरुसँगै बसेर चलचित्र हेरेकी थिईन् । चलचित्र हेर्नुअघि उपस्थित मिडिया र दर्शकलाई सम्बोधन गर्दै बिहीबार साँझको कार्यक्रमको लागि नेपाल बोलाएकोमा चलचित्र टिमलाई धन्यवाद दिएकी छिन् । उनले …

पुरा पढ्नुहॊस »

महेश काफ्लेले ल्याए नयाँ गीत ‘माया बिरानी’ (भिडियाे)

काठमाडाैँ । गायक महेश काफ्लेले नयाँ गीत ल्याएका छन्। उनले ‘माया बिरानी’ बोलको नयाँ गीत ल्याएका हुन् । गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । गीतमा काफ्लेको नै शब्द तथा सङ्गीत रहेको छ। गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर भएका छन् ।    

पुरा पढ्नुहॊस »

‘रातो टिका निधारमा’ सिनेमाको आधिकारिक पोस्टरहरू सार्वजनिक

काठमाडाैँ । रिलिज मिति नजिकिदैं गर्दा ‘रातो टिका निधारमा’ले आफ्नो आधिकारिक पोस्टरहरू सार्वजनिक गरेको छ। असोज  १० गते रिलिज हुने सिनेमा सिनेमाका चार पोस्टर सार्वजनिक गरिएको हो। अशोक शर्मा निर्देशित सिनेमाको पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मासहित सिनेमाका कलाकारहरूलाई समावेश गरिएको छ। पोस्टरमा दुबैलाई रोमान्टिक अवतारमा पेस गरिएको छ। सिनेमामा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द …

पुरा पढ्नुहॊस »

फिल्म ’द स्काई इज पिंक’ को प्रोमो सार्वजनिक

फिल्म ’द स्काई इज पिंक’ को प्रोमो सार्वजनिक भएको छ ।फिल्ममा प्रियंका चोपडा, फरहान अख्तर जाहिरा वसीमको मुख्य भूमिका रहेको छ ।

पुरा पढ्नुहॊस »

‘चपली हाइट–३’मा मुख्य भूमिकामा स्वस्तिमा खड्का

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’मा मुख्य भूमिकामा स्वस्तिमा खड्का आबद्ध भएकी छिन् । निकेश खड्काको निर्देशन रहने चलचित्रमा स्वस्तिमाको अपोजिटमा महेश त्रिपाठी रहने छन् । प्रतीक श्रेष्ठले सुपुष्पा भट्टसँग जोडी बाँध्ने छन् । चपली हाइटको पहिलो श्रृंखलामा रहेका अमिर गौतम पनि चलचित्रको मुख्य भूमिकामा रहेको निर्माता अर्जुन कुमारले जानकारी दिए ।    

पुरा पढ्नुहॊस »

दशैमा रिलिज हुने ‘काले दाई’को ट्रेलर यस्तो बन्यो

काठमाडाैँ । दशैमा रिलिज हुने सिनेमा ‘काले दाई’ को ट्रेलर सार्वजनिक भएको छ । जातिय छुवाछुतको भुमरीमा परेको प्रेमकथा बोल्ने सिनेमा  असोज १७ गते रिलिज हुँदैछ । शिव शर्मा निर्देशित ‘काले दाई’मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।  

पुरा पढ्नुहॊस »

मेलिना र एसबिको ‘लागेन टुङगो’ (भिडियो)

काठमाडौं । संचारकर्मी एवम् गायक एसबि साउदले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘लागेन टुङ्गो’ बोलको गीतको भिडियो उनले भर्खरै सार्वजनिक गरेका हुन् । भिडियोमा गम्भिर बिष्ट र जुना सुन्दासको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतमा लोकप्रिय गायिका मेलिना राईले उनलाई साथ दिएकी छिन् । साउदको आफ्नै शब्द र संगीत रहेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । भिडियोको निर्देशन गम्भिर विष्टले गरेका छन् भने कोरियोग्राफीको भूमिका सुबोल …

पुरा पढ्नुहॊस »

‘दिल चोर्ने माकुरी’ सार्वजनिक (भिडियाे)

काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘दिल चोर्ने माकुरी’(मखमली चोली २) बोलको गीत सार्वजनिक गरिएको हो। मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली २ तयार गरेको हो। गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन्। शान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पल …

पुरा पढ्नुहॊस »