गायिका कनिका कपुरको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । भारतीय गायिका कनिका कपुरको कोरोना रिपोर्ट अन्तत: नेगेटिभ आएको छ ।

यस अघि पाँच पटक गरिएका टेस्ट पोजेटिभ आएपनि छैठौ टेस्ट भने नेगेटिभ आएको हो । उनको लखनउस्थित संजय गान्धी ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।

यद्यपी कनिकाको रिपोर्ट नेगेटिभ आएपनि उनी अझै ४८ घण्टा अस्पतालमै बस्नुपर्ने भएको छ । अस्पतालका अनुसार दुई रिपोर्ट लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिने भएको हो । अब अर्को टेस्ट ४८ घण्टापछि हुने भएको छ ।

गत मार्च १५ मा लन्डनबाट भारतको लखनउमा आएकी कनिकालाई लखनउको अस्पतालमा टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस