शाहरुख खानले कोभिड-१९ क्‍वारेन्टाइनलाई दिए आफ्नो अफिस

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले मुम्बईस्थित आफ्नो कार्यालय कोभिड-१९ का बिरामीलाई क्‍वारेन्टाइन सेन्टर बनाउन सरकारलाई हस्तान्तरण गरेका छन्।

बीबीसीका अनुसार चारतले आफ्नो कार्यालय भवनमा बालबालिका, महिला र ज्येष्‍ठ नागरिकको हेरचाह गर्न शाहरुखले सरकारलाई जिम्मा लगाएका हुन्। बृहन्मुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत शाहरुखको निर्णय पुष्‍टी गरेको छ। र, बलिउड अभिनेताको विवेकपूर्ण फैसला गरेका प्रशंसा गरेको छ।

केन्द्रीय गृहमन्त्री अमित शाह, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, महाराष्‍ट्रका मुख्यमन्त्री उद्धव ठाकरे, पश्‍चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीलगायत नेताले शाहरुखको कदमको सराहना गरेका छन्।

यसअघि उनले स्वास्थ्यकर्मीहरूलाई ५० हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)का लागि रकम दिएका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य