मनॊरञ्जन

एलिना चौहानको नयाँ गीत सार्वजनिक

काठमाडौं ।  गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा बनाना’नामको गीतको भिडियो गायिका चौहानको युट्युब च्यानलमा सार्वजनिक गरिएको  छ । यो भिडियोमा सोनिया जिआर र सुधीर श्रेष्ठलाई हेर्न सकिन्छ । भिडियोमा यात्री प्रेमले लेखेको गीतमा उनैले सङ्गीत भरेका हुन् भने भिडियो निर्देशन राज बराइलीले गरेका हुन् ।

पुरा पढ्नुहॊस »

हिन्दी भाषामा ‘वीर विक्रम २

चलचित्र ‘वीर विक्रम २’लाई हिन्दी भाषामा पनि प्रदर्शन गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ । निर्देशक  मिलन  चाम्सले फिल्मको हिन्दी संस्करणको दृश्यांश सामाजिक संजालमा सेयर गरेका छन् जसलाई हिन्दी भाषामा स्वरांकन गरिएको छ । भाइरस महामारी कायमै रहे यसलाई युट्युवमा रिलिज गर्ने योजनामा निर्देशक चाम्स छन् । चलचित्रमा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी मुख्यभूमिका रहेको छ ।

पुरा पढ्नुहॊस »

नेट टीभी सेटटप बक्स र एपमा ‘राधे’ को फस्ट डे फस्ट शो

काठमाडौँ । नेपालमा आईपीटीभी सेवाहरूमा पायोनियर मानिएको नेट टीभीले सेटटप बक्समार्फत आईपीटीभी र मोबाइलमा नेट टीभी एपबाट नेपाली जनताको मागबमोजिम सधैं लाइभ टीभी, मुभी, भिडियोका माध्यमले मनोरञ्जन प्रदान गर्दै आइरहेको छ । यही क्रममा पहिलोपल्ट नेट टीभीले नेपालभरका आफ्ना प्रिय ग्राहकहरूका लागि बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ । ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा नेट टीभीले यो फिल्म मे १३ (वैशाख ३०) …

पुरा पढ्नुहॊस »

राजा राजेन्द्रको ‘आमा जननी’ सार्वजनिक

काठमाडौं ।हाँस्यव्यङग्य कलाकार राजा राजेन्द्र पोखरेलले मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा जननी मेरी माता’ बोलको गीत सार्वजनिक गरेका छन् । सार्वजनिक  गीतमा शब्द, संगीत र आवाज राजा राजेन्द्रकै रहेको छ । गीतमा संगीत संयोजन भने दिक्षित पौडेलले गरेका छन् । भिडियोलाई संजीप श्रेष्ठले सम्पादन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

अक्सिजन खरिद गर्न अमिताभ बच्चनले दिए २ करोड

एजेन्सी ।    बलिउड नायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टलका लागि २ करोड रुपैयाँ सहयोग गरेका छन् । दिल्ली सिख गुरुद्वार मेनेज्मेन्ट कमिटीका अध्यक्ष मनजिन्दर सिंह सिरसाले अमिताभले संक्रमितको लागि २ करोड रुपैयाँ सहयोग गरेको जानकारी सामाजिक सञ्जाल ट्विटर मार्फत दिएका हुन् । उक्त रकम अध्यक्ष सिंहले दिल्लीमा अक्सिजनको कमीसँग जुधिरहेका बिरामीको लागि अक्सिजन सुविधामा प्रयोग गर्ने पनि उल्लेख गरेका छन् । त्यसैगरी, अमिताभले कोरोना भाइरससँग लडिरहेको भारतलाई सहयोग गर्न …

पुरा पढ्नुहॊस »

नायिका वर्षा राउतलाई कोरोना संक्रमण

काठमाडाैँ ।नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टी भएको छ। सामाजिक संजालबाट जानकारी गराउदै उनले  गन्ध हराएको र खोकी लागिरहेको जनाएकी  छिन् । अहिले आफू ठिक रहेको र  सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छिन् ।

पुरा पढ्नुहॊस »

गायिका प्रविशा र गायक सुभाष पुरीको ‘सामिप्यता’

काठमाडौं ।  गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा समावेश ‘सामिप्यता’ बोलको गीत सार्वजनिक भएको छ । यो भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङलाई हेर्न सकिन्छ । भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन छ ।

पुरा पढ्नुहॊस »

दीपकराजको प्रणः अब सामाजिक सञ्जालको ‘भित्तो’ सफा राख्छु

काठमाडौं । कलाकार दीपकराज गिरीले लामै समयपछि ‘आज म लेख्छु’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । उनी कोभिड-१९ को प्रकोप सामान्य नभएसम्म नकारात्मकता फैलाउन सक्ने सामाग्री सामाजिक सञ्जालमा नराख्ने प्रण गर्छन् । उनी लेख्छन् :- आज म लेख्दै छु… विषय : ‘सामाजिक सञ्जाल’ सरकारलाई २ शब्द कसैले केही भनोस् एकथरि कार्यकर्ताहरू अरिङ्गाल झैँ झम्टिन्छन् !! गाली गलौच मै उत्रिन्छन् !! अर्को तिर, गाउँमा भैँसी ले राम्रो सँग दूध दिएन भने …

पुरा पढ्नुहॊस »

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ : ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका  प्रधान घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौ कालजयि अजर नेपाली गीतका गीतकाहरु रहेका छन्।

पुरा पढ्नुहॊस »

सरिता लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं ।  कलाकार सरिता लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक संजालमार्फत लामिछानेले, कोरोना रिपोर्ट पोजिटिभ आएको र यो निकै नै पीडादायी हुने उल्लेख गरेकी छिन् ।

पुरा पढ्नुहॊस »