मनॊरञ्जन

दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग

काठमाडाै । गायक एवं संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघ नेपालले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गायक श्रेष्ठ कोरोना संक्रमित भई दुई साताको अस्पताल बसाईपछि केही दिन अगाडि मात्रै घर फर्किएका छन् । कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठलाई उपचार खर्च स्वरुप संघको संगीतकर्मी कल्याणकारी कोषबाट साे रकम दिने निर्णय गरिएको हाे ।

पुरा पढ्नुहॊस »

रामकृष्ण र मेलिनाको स्वरमा नयाँ गीत ‘सुनसरी इनरुवा’

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको  छ भने युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायाँकन, विकास दाहालको सम्पादन छ । यो भिडियोमागायक ढकाल र मोडल रिमा विश्वकर्मालाई हेर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

टिका सानुको‘आकासै राम्रो जुन लाएर’

काठमाडौँ ।   गायिका टिका सानु, सम्झना कँडेल र गायक सुन्दर परियारको स्वरमा रहेको लोक गीत ‘आकासै राम्रो जुन लाएर’ सार्वजनिक भएको छ । गीतमा सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज रहेको   छ । यो भिडियोमा गायिका टिका र सम्झनाको अलवा मानसिंह खड्का, किरण मगर, मनिषा र सजिनालाई हेर्न सकिन्छ । प्रकाश खड्काको छायाँकन, विनोद बमको सम्पादन रहेको भिडियो मानसिंह खड्काले निर्देशन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

कलाकार मदनकृष्ण श्रेष्ठलाई  अचानक मुटुमा समस्या देखिएपछि  गंगालाल अस्पताल  भर्ना भएका छन् । शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ । अहिले उनको स्वास्थ्य अवस्था ठिक रहेको  छ । मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए ।

पुरा पढ्नुहॊस »

प्राश्नाको ‘भाग्य लेख्ने मसी’ सार्वजनिक

काठमाडौँ ।  गायिका   प्राश्ना शाक्यको स्वर रहेको  ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । गीतकार शान्तिराम भट्टराईको शब्द, शक्ति बल्लभको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ । भिडियोमा सुरेश पन्तको छायाँकन तथा सम्पादन रहेको छ ।

पुरा पढ्नुहॊस »

प्रकाश र मेलिना राईको युगल स्वरमा रहेको गीत ‘प्रार्थना’सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपूतको   नयाँ गीत बजारमा सार्वजनिक भएको छ । प्रभु बैंकका प्रमुख अशोक शेरचनको शब्दमा रहेको कोराना महामारीबारे बनेको नयाँ गीत‘प्रार्थना’  मा प्रकाश र मेलिना राईको युगल स्वरमा रहेको   छ । गीतमा महामारीको मारमा पर्नेहरुप्रति समवेदना र समानुभूतिका भाव पोखिएको छ। यो भिडियोमा प्रकाश र मेलिनालाई हेर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

मिलन खड्काको निर्देशनमा बनेकाे बादल थापाको “धुरूरू” सार्वजनिक (भिडियोसहित)

काठमाडौं । कुसुम मिडिया क्रियसन प्राइभेटको नयाँ प्रस्तुती “धुरूरू” नामक गीत बजारमा आएको छ । लोकप्रिय गायक तथा संगितकार बादल थापाको स्वरमा रहेको यो गीत उनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । बजारमा आएको यस “धुरूरू” गीतमा शब्द, संगीत एवं स्वर गायक थापा कै रहेको छ ।मिलन खड्काको निर्देशनमा बनेको यो गीतमा भित्र रोहेर पनि बाहिर हास्नुको पीडालाई समेटिएको छ । प्रेमिकाको वियोग, याद र चिनो सबै कुराको …

पुरा पढ्नुहॊस »

प्राविधिकलाई सहयोग जुटाउन स्वस्तिमाले थालिन् अभियान

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकहरुलाई सहयोग गर्न अभियान थालेकी छन् । बुधवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले कोरोनाका कारण कामविहीन भएर समस्यामा रहेका प्राविधिकहरुलाई सकेको सहयोग गर्न अपिल गरेकी छन् । स्वस्तिमाले भिडियोमा भनेकी छिन्–‘यतिबेला हामी असामान्य परिस्थितीसँग गुज्रिरहेका छौं । यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको पनि छैन । कोरोनाका कारण अहिले चलचित्र पनि निर्माण भैरहेका छैनन् । जसलेगर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा …

पुरा पढ्नुहॊस »

रवि र स्मिताको ‘राजा रानी’ सार्वजनिक

काठमाडौं ।   गायक रवि ओड र गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ । यो भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टलाई हेर्न सकिन्छ । गीतमा शब्द भीम बिसीको र संगीत रिकेश गुरुङ रहेको छ  भने  भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ । भिडियो दिनेश विष्टले निर्देशन गरेका हुन्

पुरा पढ्नुहॊस »

कलाकार मदनकृष्णको स्वर रहेको देशभक्ति गीत सार्वजनिक

वरिष्ठ कलाकारमदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘नेपाः जिगु’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत तथा बुद्ध सायमीको संगीत संयोजन रहेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु, हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन, कुमारी नृत्यमा मैयाँ महर्जन र लाखे नृत्यमा सुजन बज्राचार्यलाई हेर्न सकिन्छ । भिडियोको  सम्पादन र छायाँंकन अमर चित्रकारले गरेका छन भने निर्देशक सुरेन्द्र तुलाधरको रहेको छ ।

पुरा पढ्नुहॊस »