मनॊरञ्जन

नायिका जेनी कुँवर अपार्टमेन्टमा मृत भेटिइन्

काठमाडौँ । नायिका जेनी कुँवर काठमाडौँको थापा गाउँस्थित एक अपार्टमेन्टमा मृत भेटिएकी छन् । थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनी बिहीबार राति ९ बजे मृत भेटिएकी हुन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी रमेश थापाका अनुसार ४६ वर्षिया कुँवरले उक्त अपार्टमेन्टको फ्ल्याटमा आत्महत्या गरेकी हुन् । सुरुवाती अनुसन्धानमा कुँवरले आत्महत्या गरेको पुष्टि भएको डिएसपी थापाले बताए । थापाका अनुसार जेनीको शवसँगै सुसाइट नोट पनि भेटिएको छ । उक्त नोटमा उनले आफू …

पुरा पढ्नुहॊस »

बलिउडका ‘ट्रयाजिडी किङ’ दिलीप कुमारको निधन

एजेन्सी। बलिउड नायक दिलीप कुमारको निधन भएकाे छ । बुधबार मुम्बईको खार हिन्दुजा अस्पतालमा ९८ वर्षको उमेरमा निधन भएको हो । २२ वर्षको उमेरमा फिल्ममा काम सुरु गरेका उनले ६० भन्दा धेरै फिल्म खेलेका छन् । बलिउडकाे ट्रयाजिडी किङका रुपमा परिचित उनी लामाे समयदेखि बिरामी परेका थिए । उनकाे बिहान ७:३० बजे मृत्यु भएकाे हाे ।  

पुरा पढ्नुहॊस »

सुपुष्पाले गरिन् बिहे

काठमाडाै । नेपाली चलचित्र क्षेत्रमा उदाउँदै गरेकी नायिका सुपुष्पा भट्ट बैबाहिक जीवनमा बाँधिएकी छिन् । सुपुष्पाले आफ्ना प्रेमी रौनक विक्रम कँडेलसँग  विवाह गरेकी हुन् । उनीहरुको विवाह, काठमाडौंको गोकर्ण रिसोर्टमा भएको थियो । उनीहरुको बिहेमा आफन्त, परिवार र केही चलचित्रकर्मी मात्र उपस्थित थिए । रौनक र सुपुष्पा विगत एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले विहे गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा ‘रणवीर’  नामक चलचित्रबाट करियर गरेकी सुपुष्पाले ‘छ माया …

पुरा पढ्नुहॊस »

आमिर खान र किरण रावले १५ वर्षको बैवाहिक सम्बन्धलाई ताेडे

एजेन्सी । बलिउडका मिस्टर फरफेक्शनिस्ट आमिर खान तथा किरण रावले १५ वर्षको बैवाहिक सम्बन्धलाई तोडेका छन् । उनीहरु दुवैले सहमतिमा सम्बन्ध विच्छेद गरेका  हुन् । उनीहरुले भनेका छन्, ‘हाम्रो व्यावसायिक सम्बन्ध भने कायम छ ।’ उनीहरुको एक सन्तान छन्, अजाद । उक्त बच्चाको पालनपोषण दुवैले गर्ने सहमति भएको छ । आमिर खानले यसअघि सन् २००२ मा रीना दत्तसँग सम्बन्ध विच्छेद गरेका थिए । आमिर र रीनातर्फ दुई छोराछोरी छन् । …

पुरा पढ्नुहॊस »

गायक प्रवीण बेडवालको‘तिम्रो मुहारमा’ सार्वजनिक

काठमाडौंँ । गायक प्रवीण बेडवालको स्वरको नयाँ गीत ‘तिम्रो मुहारमा’ सार्वजनिक भएको छ । अजय रेग्मीको छायाँंकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो हेमप्रभास अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा भिनेता श्रीदेव भट्टराई तथा मोडल नग्मा श्रेष्ठलाई हेर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

डब्बु क्षत्रीको ‘अँधेरीमा थिएँ म…’

काठमाडाै । गीतकार डब्बु क्षत्रीको नयाँ गजल गीत ‘अँधेरीमा थिएँ म…’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा सुवर्णकुमार, सरिता भारती, दीपा कोइरालाको स्वर रहेको छ । रामशरण उप्रेतीको छायाँकन रहेको  भिडियोमा  सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरलाई हेर्न सकिन्छ । सम्पादन  सुरेश कुमार राउतले गरेका  छन् ।

पुरा पढ्नुहॊस »

गायक कपिल सापकोटाको नयाँ गीत ला ला ल्याण्ड सार्वजनिक

काठमाडौँ ।  गायक कपिल सापकोटाको नयाँ गीत ला ला ल्याण्ड सार्वजनिक भएको छ । डिप स्पेस डट कोले यसको भिडियो निर्माण गरेको  गीतलाई मिस्टा चाम्लिङले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

पुरा पढ्नुहॊस »

पूजा र श्वेताले मेलम्चीका बाढी प्रभावितलाई सहयोग वितरण गर्ने

काठमाडाै । असारकाे सुरुवातसँगै निरन्तरको झरीका कारण नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोका कारण ठूलो जनधनको विनाश भएको छ । ठूलाे क्षतिमध्ये सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण सबैभन्दा बढीलाइ प्रभावित बनाएकाे छ । यसबाट सयौं मानिस घरवार विहिन भएका छन् । मेलम्चीमा बाढीबाट प्रभावितहरुलाई सहयोग वितरण गर्नका लागि नेपाली चलचित्रका कलाकारहरु अग्रसर देखिएका छन् । नायिका पूजा शर्माले सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि शुक्रबार सहयोग वितरण गर्ने यारी गरेकाे फेसबूकमार्फत जानकारी गराएकी छिन् …

पुरा पढ्नुहॊस »

रवि ओडको ‘कुर्सी तानातान’ सार्वजनिक

काठमाडौँ । रवि ओड र राजेश बर्देवाको समसामयिक गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ । प्रतिभा चापागाईँ तथा एल.पी धमलाको शब्द रहेको गीतमा राजेशले संगीत रहेको छ । शिला क्षेत्रीको निर्देशन रहेको भिडियोमा अनिल विष्टको छायाँंकन र सम्पादन छ ।

पुरा पढ्नुहॊस »

हेमन्त र एलिनाको ‘ए मेरो असफल मायालु’

गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ । विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको छायांकन छ भने  गायक  हेमन्तकै शब्द तथा संगीत रहेको छ ।   भिडियोमा  गायक हेमन्त शर्मा र गायिका एलिना चौहानलाई हेर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »