कमेडियन अपूर्व क्षितिज रिहा

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई तारेखमा रिहा गरिएको हो । नेवार समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका थिए । अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलका अनुसार अपूर्व क्षितिज सिंहलाई उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी रिहा गरिएको हो । काठमाडौं प्रहरीले उनलाई रिहा गर्न वकिल कार्यालयलाईसँग राय मागेको थियो ।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो । बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मोदीबेनी’को पोस्टर सार्वजनिक, यस्तो लुक्समा देखिइन् वर्षा

काठमाडौँ । आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक गरिएको …

प्रतिकृया दिनुहॊस