ज्याकलिनलाई सोध्न प्रहरीले तयार पार्‍यो प्रश्नसूची

एजेन्सी । सम्पत्ति शुद्धीकरण मामिलामा वलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैयाँको चन्दा असुली गरेपछि ज्याकलिन पनि यो मामिलामा तानिएकी हुन् । प्रहरीले ज्याकलिनलाई सुकेशको प्रेमी भएको दाबी गर्दै आएको छ ।

यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले बुधबार ज्याकलिनलाई २०० करोड असुली मामलामा सुकेशसँग जोडिएका विविध प्रश्न सोध्ने तयारी गरेको छ ।

ज्याकलिनलाई ११ बजे मन्दिरमार्गस्थित ईओडब्ल्यू कार्यालयमा अनुसन्धानका लागि बोलाइएको छ । उनका अनुसार ज्याकलिनलाई प्रश्न सोध्न प्रहरी तयारी अवस्थामा छ । यी सबै प्रश्न सुकेशसँग उनको सम्बन्ध तथा उनलाई सुकेशले दिएको उपहारका विषयमा हुनेछन् । उनलाई सुकेशसँग कति पटक भेटेकोदेखि कतिपटक फोन सम्पर्क भएकोसम्म प्रश्न सोधिने छ ।

अपराध शाखाले पिंकी इरानीलाई पनि अनुसन्धानमा जोडिन उर्दी गरेको छ । इरानीले नै सुकेशसँग ज्याकलिनको सम्बन्ध जोड्न सहयोग गरेकी थिइन् । ‘ज्याकलिनका लागि तयार पारिएको प्रश्नको सेट नोरा फतेहीसँग सोधिएका प्रश्नभन्दा फरक छन्’, एक अधिकारीले भने । प्रवर्तन निर्देशनालय (ईडी) ले ज्याकलिनलाई सम्पत्ति शुद्धीकरण मामलामा आफ्नो चार्जसिटमा आरोपीका रुपमा राखेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस