सञ्जु र पशुपति शर्माको स्वरमा ‘गल्याङ बजारमा’

काठमाडौं । सञ्जु न्यौपाने र पशुपति शर्माको स्वरमा रहेको मौलिक पञ्चेबाजा गीत ‘गल्याङ बजारमा’ सार्वजनिक भएको छ । आरबी सेञ्चुरीको शब्द तथा संगीत, आशिष अबिरलको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शुभकामना मिडिया सोलुसनको प्रस्तुतिमा निर्माण भएको गीतको भिडियो गायिका सञ्जु न्यौपानेको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गायिका न्यौपानेको बहिनीको विहेको अवसर पारेर भिडियोलाई स्याङ्जाको जन्मघरमै छायांकन गरिएको छ ।

सुनिल शर्मा, निशा न्यौपाने, सञ्जु न्यौपाने, टुमलाल न्यौपानेको अभिनय रहेको भिडियोको छायांकन तथा सम्पादन आरबी सेञ्चुरीले गर्नुभएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री