उर्जा

Energy related news.

अप्पर तामाकोसीमा सेयर आवेदन दिने समय ७ दिन थप

काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले दोलखाबासीका लागि सेयर आवेदन दिने अवधि  ७ दिन थप गरेको छ ।  सबै स्थानीयलाई समेट्न  जिल्ला समन्वय समिति दोलखाको आग्रहपछि नेपाल धितोपत्र बोर्डले ७ दिन थप गरेकाे  हो । गत साउन १६ गतेबाट दोलखाबासीका लागि खुल्ला गरिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर आवेदन दिने अवधि आज सम्म थियो । प्रतिकित्ता सय रुपैयाँ अंकित १ अर्ब ५ करोड ९० लाख रुपैयाँ मूल्यको सेयर खरिद गर्न न्युनतम …

पुरा पढ्नुहॊस »

अपि पावरले निर्माण गर्ने २ मेगावाट सोलारको पिपिए

काठमाडौं  । अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपि पावर कम्पनीबीच आइतबार  विद्युत् खरिद सम्झौता भएको हो । कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सोलार पाल्न निर्माण गर्न लागेको हो । ती आयोजनासँग प्रतियुनिट ७.३० रुपैयाँमा २५ वर्षको लागि पिपिए भएको हो । पिपिएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका …

पुरा पढ्नुहॊस »

नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा लगानी गर्न समझदारी

काठमाडाैं । नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् ।समझदारीपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुन र उनका बंगलादेशी समकक्षी नसरूल हमिदले हस्ताक्षर गरेका छन् ।बंगलादेशले नेपालकाे जलविद्युतमा लगानी गर्दै यहाँबाट विद्युत अायात गर्ने इच्छा देखाएकाे छ ।

पुरा पढ्नुहॊस »

दोर्दी खोलाको ७० प्रतिशत निर्माण पूरा

लमजुङ । लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना ७० प्रतिशत पूरा भएको छ ।   आयोजनाको बाँधमा ८० प्रतिशत काम सम्पन्न भएको हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरूप्रसाद ढकालले बताएका छन् । २ हजार ६ सय ६२ मिटर लामो सुरुङमध्ये १ हजार ६ सय मिटर पूरा भएको छ । इको इन्फ्रा व्युल्डर्सले सुरुङको काम अघि बढाउन नसकेपछि ठेक्का तोडेर मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीलाई दिइएको थियो । विद्युतगृहको ७० प्रतिशत निर्माण …

पुरा पढ्नुहॊस »

तनहुँ हाइड्रो पावरको प्रगति ज्यादै निराशाजनक

काठमाडौं । एसियाली विकास बैंकले तनहुँकाे दमैलीमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ हाइड्रो (माथिल्लो सेती) जलाशय जलविद्युत आयोजनाको प्रगति ज्यादै निराशाजनक रहेको औंल्याएको छ । बिहीबार अायाेजित  एसियाली विकास बैंकको लगानीका आयोजनाको त्रिपक्षीय समीक्षा बैठकमा ऊर्जा तथा जलविद्युतका आयोजनामध्ये तनहुँ हाइड्रो निकै पछि परेको निष्कर्ष छ । लक्षित समयभित्र तोकिएको खर्च तथा भौतिक प्रगति गर्न नसकेकोप्रति बैंकले प्रश्न उठाएको हो । सन् २०१८ का लागि यो दोस्रो त्रैमासिकको समीक्षा …

पुरा पढ्नुहॊस »

नेशनल हाइड्रो पावर कम्पनीको नाफा १४ लाख

काठमाडौं। नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड (National Hydro Power Company Limited.) ले गत आव २०७४/७५ को चौथो त्रैमासमा १४ लाख रुपैयाँ कमाएको छ । तेस्रो त्रैमासमा कम्पनीले २ करोड ३८ लाख रुपैयाँ कमाएको थियो । १ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ४३ करोड ३३ लाख रुपैयाँ नेगेटिभमा राखेको छ । कम्पनीको बिक्रि ४ करोड ६३ लाख रुपैयाँ रहेको छ । जसको चालु सम्पत्ति १ …

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोसीको आईपीओ आजदेखि खुला

काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) आजदेखि खुला भएको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दालाई खुला भएको हो । तामाकोसीको आईपीओ भदौ १४ गतेसम्म निष्कासन हुनेछ । आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता निष्कासन भएको हो । कम्पनीका अनुसार लगानीकर्ताले न्युनतम ३० देखि अधिकतम ३ सय कित्ता खरिद गर्न पाउने गरी आवेदन दिन …

पुरा पढ्नुहॊस »

पञ्चकन्याको माईको आइपिओ एक लाख १०० ले पाए

काठमाडौं ।पञ्चकन्या माइ हाइड्रोपावरको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । सार्वजनिक निष्कासन(आइपिओ)मा १ लाख १०० आवेदकले १० कित्ताको दरले सेयर पाएका छन्  । ४६ हजार २८९ जना आवेदकले सेयर पाउन सकेनन् । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको कुल १० लाख १ हजार कित्ता आइपीओका लागि रितिपूर्वक आवेदन दिने एक लाख ४६ हजार ३८९ जनाबाट १ करोड ८४ हजार ७३० कित्ताको माग परेको थियो। पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको …

पुरा पढ्नुहॊस »

आँखु खोला हाइड्रोको आईपीओ साउन १७ गतेदेखि

काठमाडौं । आँखु खोला हाइड्रो पावर कम्पनीले आयोजना प्रभावित स्थानीयहरूलाई  साधारण शेयर (आर्इपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले साउन १७ गतेदेखि आइपिओ बिक्रि खुला गर्ने भएको छ  । कम्पनीले धादिङ्गका  स्थानीयका लागि छुट्याइएको  ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गर्न लागेको हो । यस आईपीओ का लागि आवेदन दिने अन्तिम मिति साउन १७ गतेदेखि छिटोमा साउने ३१ गतेसम्म तथा ढिलोमा भदौ १५ गतेसम्म आवेदन दिन सक्ने छन। लगानीकर्ताले न्युनतम ५० …

पुरा पढ्नुहॊस »

पञ्चकन्या माईको साधारण सेयरमा १० गुणा बढी आवेदन

काठमाडौं । पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले गत साउन १ गतेबाट बिक्री खुल्ला गरेको साधारण सेयर खरिद गर्न १० गुणा बढी आवेदन परेको छ । कम्पनी माथिल्लो माई र माथिल्लो माई ‘सी’ जलविद्युत आयोजनाको ११ करोड मूल्य बराबरको ११ लाख कित्ता सेयर खरिद गर्न यति धेरै आवेदन परेको हो । आईपिओमा १० गुणा बढी माग परेपछि करिब ५० हजारले शेयर नपाउने भएका छन् ।  कम्पनीले यसअघि गत माघ ५ गते देखि …

पुरा पढ्नुहॊस »