काठमाडौंसहित गण्डकीका यी पाँच जिल्लामा आज विजुली जाने

काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँसहित आज उपत्यकाका बाहिरका मुख्य शहरहरुमा विजुली आपूर्ति बन्द हुने भएको छ ।

ललितपुरको सैबु फिडरअन्तर्गत पर्ने फूलबारी चोक, भैंसेपाटी आवास क्षेत्रमा पोल सार्न फिडर सटडाउन गरिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । खोकना फिडरअन्तर्गत पर्ने चुनिखेल क्षेत्रमा पनि पोल सारिने भएको छ ।

काठमाडौको बाँसबारी फिडरअन्तर्गत पर्ने कपन मार्गमा रहेको ट्रान्सफर्मर मर्मत गर्न आज दिउँसो २ बजेदेखि ३ बजेसम्म महाराजगञ्ज, कपनमार्ग, पिपलबोट, गंगालाल हस्पिटललगायतका क्षेत्रमा विजुली जाने भएको छ ।

भरतपुर महानगरका केही ठाउँ र विराटनगर महानगरको वडा २, ३, ४, ८ र ९ मा बत्ती जाने भएको छ । गण्डकी प्रदेशका पाँच वटा जिल्लामा आज तीन घण्टा बिजुली नआउने भएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको पोखरा ग्रिड शाखाअन्तर्गत लेखनाथ सबस्टेशनमा १३२ केभीको एक्सटेन्सन कार्यका लागि विद्युत बन्द हुने प्राधिकरणले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस