उर्जा

Energy related news.

अपराह्न ५ बजेसम्म यी क्षेत्रमा विद्युत् नआउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ठिमी वितरण केन्द्रको विद्युत लाइन काटिएको छ । ठिमी वितरण केन्द्र अन्तर्गत पर्ने फिडर मर्मतसम्भार गर्नुपर्ने भएकाले ५ बजेसम्म सटडाउन गरिएको हो । उक्त फिडर अन्तर्गत पाटिविहार, बप्पा महदेव, मध्येपुर हस्पिटल, नयबस्ती, राम मन्दिर, ददिकोट, गाम्चा, शिरुटार, चित्रपुर, बिरुवा, गुन्डु, घ्याम्पे डाँडा, बलकोट लगतका क्षेत्रहरु पर्छन् । सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी …

पुरा पढ्नुहॊस »

ऊर्जा मन्त्रालयले भन्यो- ‘पूर्वजानकारी विना विद्युत नियमित नभए खबर गर्नु’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पूर्वजानकारीविना विद्युत सेवा नियमित नभए तत्काल खबर गर्न आग्रह गरेको छ । पूर्वजानकारी विना विद्युत सेवा नियमित नभए ऊर्जामन्त्री वर्षमान पुनको सचिवालय या विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले अनुरोध गरेका छन् । उनले त्यसका लागि मन्त्रीको सचिवालयको हटलाइन नम्बर ११५१ या ९८५११०९८३५ नम्बरमा सम्पर्क गर्नसमेत संयोजक भट्टले भनेका छन् ।

पुरा पढ्नुहॊस »

कुलमानको आग्रह- ‘पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिनका लागि समर्थकहरुलाई आग्रह गरेका छन् । शनिबार (आज) एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो समर्थनमा प्रदर्शन नगर्न आग्रह गरेका हुन् । ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा घिसिङले भनेका छन् । सरकारले आफूलाई कार्यकारी निर्देशक …

पुरा पढ्नुहॊस »

प्राधिकरणबाट बिदा हुँदै कुलमानले भने- ‘मैले काम मात्र गरेको हुँ’

काठमाडौं । ‘अब नेपाल लोडसेडिङमुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो । नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती (लोडसेडिङ) अन्त्य हुुुन्छ भनिरहँदा लोडसेडिङ तालिका खल्तीमा बोकेर गच्छेअनुसार दियालो, मैनबत्ती, मट्टितेल, इन्भर्टर र जेनेरेटरमा …

पुरा पढ्नुहॊस »

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आज दिनभर विजुली नआउने

काठमाडौं । काठमाडौं र ललितपुरका अधिकांश स्थानमा आज दिनभर विजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि आज बिजुली आपूर्ति बन्द हुने भएको हो । आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत बालाजु स्वयम्भू फिडरको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतीय संरचना सार्ने भएकाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली आउने …

पुरा पढ्नुहॊस »

चार दिनदेखि अँध्यारोमा बस्न बाध्य पाल्पाका स्थानीय

पाल्पा । विद्युत आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । बिहीबार राति जुठा र नेपाने बीचमा पर्ने लेखटोलमा हावाहुरीका कारण विद्युत्का मिटरबक्स, कालो तार नोक्सान भएको स्थानीय बासिन्दा तथा वडा सदस्य रुपक पुनले बताए । विद्युत नहुँदा बस्ती नै अँध्यारोमा रहेको पुनले बताए । विद्युत नहुँदा …

पुरा पढ्नुहॊस »

प्राधिकरणमा कुलमानलाई नै निरन्तरता दिनुपर्छ : अध्यक्ष डा. लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अर्को कार्यकाल पनि घिसिङलाई दिनुपर्ने माग गरेका हुन् । वर्तमान सरकारले घिसिङलाई निरन्तरता दिनेमा आशंका व्यक्त गर्दै अध्यक्ष लोहनीले अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनुपर्ने धारणा राखे । ‘कुलमानको कार्य क्षमता अब नेपालमा सबैलाई थाहा छ, उनले यो इज्जत आफ्नो कामबाट कमाएका …

पुरा पढ्नुहॊस »

विद्युत् प्राधिकरण ३५औँ वर्षमा हालसम्मकै उच्च नाफामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु-याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ । विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४/७५ मा दुई अर्ब ८५ करोड, आव …

पुरा पढ्नुहॊस »

उपत्यकाका यी क्षेत्रमा आज र भोलि दिनभर विद्युत् काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो । प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडर अन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, …

पुरा पढ्नुहॊस »

विद्युत महसुल वापत २१ करोड सङ्कलन

नवलपुर । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत महसुल वापत रु २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ । प्रशाखा प्रमुख सुजन रिजालका अनुसार कूल दुई करोड २२ लाख १५ हजार ६२३ युनिट विद्युत बिक्रीबाट कार्यालयले सो रकम आम्दानी गरेको हो । कार्यालयले बिक्री गरेको विद्युत मध्ये घरायसी …

पुरा पढ्नुहॊस »