अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बिक्रि खुला

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सोमबारखि १०० प्रतिशत हकप्रद सेयर खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । असोज ७ गते यस कम्पनीको हकप्रद बिक्री बन्द हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन्। यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो । लगानीकर्ताले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस