उर्जा

Energy related news.

विद्युत् महसुलको नयाँ दर निर्धारण प्रक्रिया अन्योलमा

काठमाडौं । नयाँ वर्ष लागेसँगै निर्धारित भइसक्नुपर्ने विद्युत् महसुलको नयाँ दर निर्धारण प्रक्रिया अन्योलमा परेको छ । बन्दाबन्दी घोषणा गरेका कारण नयाँ महसुल निर्धारणमा प्रक्रिया अन्योलमा परेको हो । विद्युत् नियमन आयोगले यसका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेका बेला बन्दाबन्दी घोषणाले निर्धारित सार्वजनिक सुनुवाइ समेत स्थगित भएको छ । आयोगले यही चैत १४, १५ र १७ गतेका लागि नेपाल विद्युत् प्राधिकरणले पेस गरेको महसुल निर्धारण प्रस्तावमाथि सरोकारवाला राखेर सार्वजनिक सुनुवाइ …

पुरा पढ्नुहॊस »

विद्युत् प्राधिकरणको नाफा १० अर्ब ६७ करोड, कुलमान भन्छन्- ‘अबका दिन झन सुनौंलो हुनेछ’

काठमाडौं । नेतृत्वको सचेत पहल हुने र इमान्दार भएर काम गर्ने हो भने समस्याको भूमरीमा फसेको सरकारी स्वामित्वको संस्थान पनि एक पछि अर्को गर्दै उच्च मुनाफा कमाउने संस्थाको रुपमा स्थापित हुन सक्छ । यस्तै भएको छ, नेपाल विद्युत् प्राधिकरणको हकमा । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएर आएदेखि नै संस्थाको सुधार र सुशासनमा जोड दिँदै आएका कुलकमान घिसिङको सबल नेतृत्व र उनलाई सदैव काम गर्न मार्ग निर्देशन गरिरहने ऊर्जा, जलस्रोत तथा …

पुरा पढ्नुहॊस »

नौ सय मेगावाटको अरुण तेस्रोको काम स्थगित

खाँदबारी । कोरोना भाइरस सङ्क्रमणको त्रासले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नेपालमा समेत देखापरेपछि सरकारले मङ्गलबारबाट लकडाउन गरेको हो । लकडाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको जनाएको छ । भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मङ्गलबारबाट स्थगित गरेको कम्पनीका सिइओ अरुण धिमानले जानकारी दिए । अरुण तेस्रो परियोजनामा दुई हजार ५०० भन्दा बढी भारतीय र …

पुरा पढ्नुहॊस »

पाँच वर्षभित्र ५० अर्बको विद्युत् निर्यात गर्ने नेपाल विद्युत्प्रा धिकरणकाे योजना

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ । हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात गर्ने गरी योजना बनाएको हो । विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६-७७  देखि २०८०-८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा २०७७-०७८ अर्थात् आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने उल्लेख छ । चालू वर्षमा विद्युत् निर्यात …

पुरा पढ्नुहॊस »

विद्युत महशुल समायोजन गर्ने सरकारको तयारी, खपत बढाउन महशुल घटाउने प्रस्ताव

काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महशुल समायोजन प्रक्रिया अघि बढाएको छ । जति विद्युत खपत गर्यो उक्ति कम महशुल लाग्ने गरी समायोजन प्रक्रिया बढाउने भएको हो । विद्युत प्राधिकरणले १४ प्रतिशत सम्म विद्युत भाउ बढाउन पठाएको प्रस्तावमा आयोगले छलफल थालेको छ । अब, छिटै सार्वजनिक सुनुवाई गरी महशुल सार्वजनिक गर्ने आयोगले जनाएको छ । अहिले विद्युत प्राधिकरणको महशुल दर हेर्यो भने जतिधेरै विद्युत खपत ग¥यो उतिनै महशुल तिर्नुपर्छ । …

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोशी आयोजना : पेनस्टक जडानको काम आधा सकियो

काठमाडाैँ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनको परीक्षण गरिने भएको छ । चैत महीनाको प्रारम्भमा नै आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने भएको हो । फागुन महीनामा आवश्यक प्राविधिक कार्यहरू सम्पन्न गरी चैत महीनाको प्रारम्भमै जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए । आयोजनाको कठिन काम मानिएको माथिल्लो तथा तल्लो भर्टिकल …

पुरा पढ्नुहॊस »

दरखेखोला लघु जलविद्युत् आयोजना १२ वर्षदेखि अलपत्र

मुगु । छायानाथ रारा नगरपालिका–१४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र छ।  वडा नम्बर १४ का तीन गाउँका ३०० घरधुरीका लागि २०६४ सालमा जिल्ला ऊर्जा शाखाको सहयोगमा निमार्ण भएको १९ किलोवाट दरखेखोला लघु जलविद्युत् परियोजनाको काम सकिनै लाग्दा रोकिएको थियो। साविकको जिल्ला विकास समितिको कार्यालयअन्तर्गत रहेको जिल्ला ऊर्जा शाखाले स्थानीयले श्रमदान गर्नुपर्ने र स्थानीयले अनुदान जुटाउनुपर्ने भन्दै परियोजनाका लागि पहिलो पटक २९ लाख २५ हजार रुपैयाँमा सम्झौता गरे …

पुरा पढ्नुहॊस »

नेपालको बिजुली बङ्गलादेशले किन्ने, जीएमआरलाई पठायो आशयपत्र

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको बिजुली खरिदका लागि बंगलादेश सरकारले एलओआई (आशयपत्र) स्वीकृत गरेको छ। भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर)ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युतमध्ये ५०० मेगावाट विद्युत खरिद गर्नको लागि बंगलादेशले आशयपत्र स्वीकृत गरी पठाएको हो । जीएमआरका आयोजना प्रमुख केके शर्माका अनुसार एलओआईसँगै विद्युत् खरिद सम्झौता गर्ने प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । गत पुसको पहिलो साता बङ्गलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिद …

पुरा पढ्नुहॊस »

अरुण तेस्रो जलविद्युत् : नेपाल र भारतका ६ बैंकले एक खर्ब लगानी गर्दै

काठमाडौं । लामो समयदेखि रोकिएको अरुण तेस्रो जलविद्युत् परियोजना (९०० मेगावाट) को वित्तीय स्रोत व्यवस्थापन (फाइनान्सियल क्लोजर) बिहीवार हुने भएको छ । बिहीवार काठमाडौंमा नेपाल र भारतका गरेर आधा दर्जन बैंकसँग ऋण लगानी सम्झौता गर्ने तयारी कम्पनीको छ । भारत सरकारको लगानीमा निर्माणाधीन यस परियोजनाको प्रवर्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीे छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले बिहीवार हुने फाइनान्सियल क्लोजरको तयारी अन्तिम चरणमा पुगेको बताए …

पुरा पढ्नुहॊस »

इलाममा एउटै खोलामा दसवटा जलविद्युत् आयोजना

इलाम । इलाममा  एउटै मात्र माईखोलामा कुल दसवटा जलविद्युत् आयोजना निर्माण हुँदैछन् । यसमा यसअघि सातवटा विद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन नै सुरु गरेका छन्, अब तीनवटा आयोजना पनि एक वर्षभित्र सम्पन्न हुनेगरी धमाधम निर्माणको काम हुँदैछ । पछिल्लो पटक इलाम नगरपालिका र सोयाङबीच पर्ने बीसहातेमा माईखोला हाइड्रो पावरको तीन मेगावाटको सुपरमाई क्यासकेट र ९ दशमलव ८ मेगावाटको माइबेनी हाइड्रोपावरको निर्माण भइहेको छ । यस्तै सुम्बेक र प्याङबीच पर्ने …

पुरा पढ्नुहॊस »
This will auto close after