उर्जा

Energy related news.

चालू आर्थिक वर्षभित्र १ हजार ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने

काठमाडौं।  चालू आर्थिक वर्षभित्र १ हजार ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । यो वर्ष विभिन्न ५० वटा आयोजना केन्द्रीय प्रसारण लाइनमा थपिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यी आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदा हालको मागभन्दा बढी विद्युत् उत्पादन हुने भएपछि प्राधिकरणले विद्युत् बेच्ने तयारीसमेत गर्न लागेको हो । निर्माणाधीन ५० वटा आयोजना यसै वर्ष सम्पन्न हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन् । प्राधिकरणका अनुसार …

पुरा पढ्नुहॊस »

विद्युत् महसुल दश युनिटसम्म निःशुल्क गर्ने नेपाल विद्युत् प्राधिकरणकाे तयारी

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्ने प्रस्ताव मङ्गलबार विद्युत् नियमन आयोगमा पठाउँदैछ। प्राधिकरण सञ्चालक समितिको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको हाे। प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको हाे। अहिले पनि १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको सङ्ख्या आठ लाख रहेको बताइएको छ। प्राधिकरणले प्रस्ताव गरेको नयाँ दर ११ युनिटदेखि ३०, …

पुरा पढ्नुहॊस »

दोलखाबाट असारसम्म ५५६ मेगावाट विद्युत् थपिने

काठमाडाैं । दोलखामा निर्माणाधीन सात जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षभित्रै ५५६ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिने भएको छ । यी सबै आयोजनाको काम हालसम्म ९० देखि ९९ प्रतिशतसम्म पूरा भएको छ । आयोजनामा कुनै अवरोध नभए चालू आर्थिक वर्षभित्रै पूरा भइ विद्युत् उत्पादन हुनेछ । सबै आयोजना निजी क्षेत्रबाट निर्माणाधीन आयोजना हुन् । बहुचर्चित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सहित सबै आयोजनाको काम तिव्र गतिमा भइरहेको छ । ४५६ …

पुरा पढ्नुहॊस »

रसुवा भोटेकोशी जलविद्युत् आयोजना : तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम सुरु

रसुवा । एक सय बीस मेगावट क्षमताको रसुवा भोटेकोशी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले अहिले सुरुङ निर्माणको काम सुरु गरेको छ । यो आयोजनाको लागत २० अर्ब ३८ करोड ९८ लाख ९४ हजार रुपैयाँ रहेको छ । आयोजनामा ९० प्रतिशत वैदेशिक र १० प्रतिशत नेपाली पक्षको लगानी रहेको छ । भोटेकोशी नदीमा बाँध बाँधेर ल्याइएको …

पुरा पढ्नुहॊस »

तीन जलविद्युत् आयोजनाका लागि ८५ अर्बको लगानी स्वीकृत

काठमाडौं ।  लगानी बोर्डले तीनवटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ। लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार बसेको बैठकले उक्त परिमाणको लगानी स्वीकृत गरेको हो। लगानी बोर्डको बैठकले कोरियन लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशुली-१ लाई ६५ अर्ब, मर्स्याङदीबेंसी जलविद्युत आयोजनालाई ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली-३ बी जलविद्युत आयोजनालाई ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी …

पुरा पढ्नुहॊस »

मध्य मर्स्याङ्दी आयोजनाको २५ मेगावाट विद्युत् उत्पादन घट्यो

लमजुङ । मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दै जाँदा मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५/३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, “पानी कम भएकाले मङ्सिरको पहिलो साताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ । ” …

पुरा पढ्नुहॊस »

माथिल्लो अरुण जलविद्युत् आयोजना : निर्माण तयारी अन्तिम चरणमा

काठमाडौँ । सङ्खुवासभाको भोटखोलामा बनाउन लागिएको एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना आर्थिक रूपले आकर्षक देखिएको छ । यो आयोजनाको सम्भाव्यता अध्ययनले प्राविधिक रूपले चुस्त र उत्पादन लागत, लगानी प्रतिफलमा आकर्षक देखाएको हो । सरकारी आयोजनाका रूपमा नेपाल विद्युत् प्राधिकरण मातहत बनाउन लागिएको अर्धजलाशययुक्त सो आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विकास गर्न लागिएको हो । यो योजनाको निर्माण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । आयोजना मन्त्रिपरिषद्ले गत वर्षको असोजमा कम्पनी मोडेलमा …

पुरा पढ्नुहॊस »

उर्जा क्षेत्रमा लगानीबारे ओमानसँग वार्ता

काठमाडौं । परराष्ट्र सचिव शंकर बैरागीले ओमानका तेल तथा ग्यास सम्बन्धी मन्त्री मोहम्मद हमेद अल रुम्हीसँग आज बिहान राजधानी मस्कटमा भेटवार्ता गरेका छन् । उनले ओमानबाट ट्विट गर्दै जनाए अनुसार भेटघाटमा उर्जा क्षेत्रमा लगानीको बारेमा सो भेटघाटमा महत्वपूर्ण कुराकानी भएको छ ।

पुरा पढ्नुहॊस »

नेपालमा थपियो डेढसय मेगावाट विजुली

काठमाडाैँ । चालु आर्थिक वर्षको चार महिनामा १४७ दशमलव ५ मेगावाट जडित क्षमता भएका विद्युत् आयोजनाहरु राष्ट्रिय प्रणालीमा जोडिएका नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार प्राधिकरण अन्तर्गतका २ र निजी क्षेत्रका ६ वटा गरी ८ वटा विद्युत् आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएकाे छ। प्राधिकरण अन्तर्गतका आयोजनाको जडित क्षमता ७४ मेगावाट छ भने निजी क्षेत्रका आयोजनाको जडित क्षमता ७३ दशमलव ५ मेगावाट छ। यो अबधिमा विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको …

पुरा पढ्नुहॊस »

अपी पावर कम्पनीको दोश्रो सफलता अपर नौगडगाड आयोजनाको (८.० मेगावाट) निर्माण सम्पन्न

काठमाडौँ । अपी पावर कम्पनीले मिति २०७६ कार्तिक १३ गते देखि माथिल्लो नौगड गाड आयोजनाको (८ मे.वा.) निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ । यो सँगै दार्चुला जिल्लामा कम्पनीले दोश्रो आयोजना सम्पन्न गरेको छ । यो आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा उर्जा उत्पादन गर्नेछ । यो विद्युत विक्रीबाट कम्पनीले पहिलो वर्ष रु. २७.४८ करोड आय आर्जन गर्नेछ । यो आयमा बार्षिक ३ प्रतिशतका दरले वृद्धि हुनेछ । …

पुरा पढ्नुहॊस »
This will auto close after