कालंगा हाइड्रोको साधारण शेयर प्रत्याभूति सम्झौता

काठमाडौँ । बझाङस्थित १५.३३ मेगावाट क्षमताको कालंगा हाइड्रो लिमिटेडको साधारण शेयर प्रत्याभूति सम्झौता सम्पन्न भएको छ । जारी पुँजी १ अर्ब ४० करोडमध्ये कम्पनीले सर्वसाधारणका लागि ३५ प्रतिशत अर्थात् प्रति शेयर रु. १०० का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ ।

जसअनुसार रु.३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु. १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट शेयर प्रत्याभूति सम्झौता गरी साधारण शेयर प्रत्याभुतिकर्ता नियुक्त गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीको ललितपुरस्थित धोबीघाटमा रहेको कालंगा कम्प्लेसमा आयोजित कार्यक्रममा सञ्चालक तीर्थ राज चटौत तथा प्रत्याभूतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ऊर्जामन्त्री खड्कासामु इप्पानले राख्यो आठबुँदे माग (मागसहित)

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई …

प्रतिकृया दिनुहॊस