सिंगटी हाइड्रो इनर्जीको २ फागुनदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन २ गतेदेखि १ः१ अनुपातमा एक करोड ४५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ ।

यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यस शेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । उक्त शेयरमा आवेदन दिनको लागि कुमारी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद शेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले शेयर दाबी गर्न पाउने छन् । सिंगटी हाइड्रोले जारी गर्न लागेको हकप्रद शेयरमा लगानीकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन सक्ने छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ऊर्जामन्त्री खड्कासामु इप्पानले राख्यो आठबुँदे माग (मागसहित)

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई …

प्रतिकृया दिनुहॊस