उर्जा

Energy related news.

छ हजार ग्राहकको विद्युत लाइन काटियो

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले विद्युत् महसुल नतिर्ने छ हजार चार सय ७७ ग्राहक विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि पटक पटक ताकेता गर्दासमेत महशुल नतिर्ने ती ग्राहकको आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले विद्युत् बन्द गरिदिएको हो । कार्यालय प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार विद्युत् लाइन काटेर कारवाही गरेपछि तिनीहरुबाट रु १७ करोड ५१ लाख २८ हजार जरिवानासहित विद्युत् महसुल उठेको छ । ती मध्ये …

पुरा पढ्नुहॊस »

देशभर ९३ प्रतिशत नेपालीको घरमा बिजुली, मधेशमा शत प्रतिशत

काठमाडौं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएकाछन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन । प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याक २०७९अनुसार कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत् …

पुरा पढ्नुहॊस »

नेपालकाे बिजुली खरिद-बिक्री गर्न भारतीय दुई कम्पनीबीच समझदारी

काठमाडौँ । पश्चिम सेती र सेती नदी–६ को बिजुली बिक्री गर्न भारतीय दुई कम्पनीबीच समझदारी भएको छ । एनएचपीसी इन्डिया लिमिटेड र पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियाबीच उक्त आयोजनाको विद्युत् खरिद बिक्री गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालको लगानी बोर्डले लगानी बोर्डले अघि बढाएको उक्त आयोजना विकास गर्न भारतको एनएचपिसी लिमिटेडलाई दिने सम्झौता केही दिनअघि मात्रै भएको थियो । यी आयोजनाबाट एनएचपिसीले उत्पादन गर्ने विद्युत् एनएचपिसीले बिक्री गर्ने …

पुरा पढ्नुहॊस »

रत्नपार्कमा राखियो विद्युतीय चार्जिङ स्टेसन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको रत्नपार्कमा चार्जिङ स्टेसन स्थापना गरेकाे छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनकाे उद्घाटन गरेकी हुन् । स्टेसन रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणकाे केन्द्रीय कार्यालयमा राखिएकाे हाे । विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । देशका प्रमुख शहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको …

पुरा पढ्नुहॊस »

८५ दिनमा छ अर्ब कमाएकाे प्राधिकरणले थप ६ सय मेगावाट बिजुली निर्यात गर्दै

काठमाडौँ । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनै बेला बिजुली आयात गर्ने मुलुक अब भने विद्युत् निर्यात देशका रूपमा परिणत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै रु छ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ । यसले चर्को खडेरीमा वर्षात् भए जस्तै राहतको महसुस भएको छ । हाल दैनिकरुपमा नै कूल तीन सय ६४ …

पुरा पढ्नुहॊस »

अब बिजुली व्यापारमा घाटा सहनु पर्दैन : घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको विद्युत् निःशुल्क वितरण सकिने बताएका छन् । ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले आगामी दिनमा ग्राहकले निःशुल्क विद्युत् बाल्न सक्ने वातावरण हुने बताए । उनले प्राधिकरणको नाफाबाट ग्राहकलाई अहिले २० देखि २५ अर्ब रूपैयाँको महशुल सहुलियत दिएको पनि बताए । घिसिङले अहिले ग्राहकदरलाई विभिन्न क्याटगोरीमा छुट्याएर सहुलियत दिएको बताए । भने, ‘अबको केही वर्षमै नेपालको विद्युत् निःशुल्क बाँड्न सकिन्छ ।’ …

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास कोषले थन्केर बसेका विद्युतीय सवारीसाधन दशैंअघि नै चलाउने

काठमाडाैं । लामो समयदेखि थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनका लागि चौतर्फी दबाब र आलोचना हुन थालेपछि लुम्बिनी विकास कोषले सञ्चालनमा अग्रसरता देखाएको छ । एडीबीको सहयोगमा लुम्बिनी आएका १९ वटा सवारीसाधनमध्ये केही बिग्रन थालेको छ भने केही विकास कोषले स्वयं प्रयोग गरिरहेको छ । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रमा अत्याधिक भएको प्रदुषण केही हदसम्म रोक्न भनि ल्याएको बस चार्जिङ स्टेशनमै राखिएको छ । लुम्बिनीमा सञ्चालन गर्नका लागि एसियाली विकास बैंकले ३ वर्ष अगाडि …

पुरा पढ्नुहॊस »

आर्थिक वर्षको पहिलो महिनामै २ अर्बको विद्युत निर्यात, थप १११ मेगावाट निर्यात प्रस्ताव

काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ …

पुरा पढ्नुहॊस »

यो सरकार आएपछि प्राधिकरण बिजुली व्यापारमा सफल भयो : घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् । काठमाडौँमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले बिजुली निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताए । घिसिङले भने, ‘प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको …

पुरा पढ्नुहॊस »

अपर तामाकोशीको १ अर्ब ८७ करोड नोक्सानमा

काठमाडौं । आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा यो हाइड्रोपावर १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ नोक्सानमा गएको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी ५ करोड ४३ लाख ३ हजार रुपैयाँ मात्र नोक्सानमा रहेको थियो । यता, यसअवधिमा विद्युत बिक्रीबापत नेपाल विद्युत प्राधिकरणलाई ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँको बिल पेस गरेकामा ५ अर्ब ९२ करोड ९ लाख रुपैयाँ मात्र प्राप्त भएकोे छ । यस अवधिसम्ममा अपर तामाकोशीको …

पुरा पढ्नुहॊस »