काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो । चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो । नेपाल पेट्रोलियम …
पुरा पढ्नुहॊस »‘Experience Toyota २०८१’ असार ५ बाट सुरु, १२ वर्ष सम्मको बैंकिंग फाइनान्स
काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित आफ्नो टोयोटा शोरुममा ‘Experience Toyota’ आयोजना गरेको छ । २०८१ लाई विशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स, बैंकिंग सुविधा (१२ वर्ष सम्म), रोड कर, विभिन्न उपहारहरू समेत पाउने कम्पनीले जनाएको छ । यस टोयोटाको हरेक …
पुरा पढ्नुहॊस »यी ७ इन्टरनेट कम्पनीको अनुमतिपत्र रद्द, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन (सूचीसहित)
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सात अलग अलग इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । प्राधिकरणबाट इन्टरनेट तथा इमेलसहितको सेवा सञ्चालन गर्न अनुमति लिएका तर नवीकरण गर्न तोकिएको समयावधिभित्र दस्तुर नबुझाएपछि सात कम्पनीको लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले बताएको छ । प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ लाइसेन्स रद्द भएका कम्पनीहरुमा वशिष्ठ …
पुरा पढ्नुहॊस »ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा (आज) आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सयले बढेको हो । छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको छ । यस दिन …
पुरा पढ्नुहॊस »मनकामना केबुलकार ५० दिन बन्द हुने
काठमाडौं । गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मर्मत–सम्भार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । ‘नियमित मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही असार ३१ गतेदेखि आगामी असोज १० गतेसम्म केबुलकार बन्द गर्न लागिएको हो,’ शेरचनले भने । सेवा बन्द गरेर केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा) समेत फेर्ने तयारी …
पुरा पढ्नुहॊस »घट्यो इन्धनको मूल्य, अब कति पुग्यो ? (सूचीसहित)
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । घटेको पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आजदेखि लागू भएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । भने डिजेल र मट्टितेल १५२ रुपियाँ प्रतिलिटर पर्ने छ ।
पुरा पढ्नुहॊस »कुन प्रदेशको बजेट कति ?
काठमाडाैं । देशभरका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार शनिबार प्रदेशका आर्थिक मामिला मन्त्रालयले बजेट सार्वजनिक गरेका हुन् । आन्तरिक राजस्वमा कमी आएको, संघीय सरकारले अनुदान रकम घटाएको लगायत कारण देखाउँदै ५ वटा प्रदेशले बजेट घटाएका छन् तर वाग्मती र सुदूरपश्चिमले बढाएर बजेट विनियोजन गरेका छन् । कर्णालीको बजेट सबैभन्दा सानो आकारको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि रु …
पुरा पढ्नुहॊस »क्रिकेटलक्षित डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले समूह चरणअन्तर्गत भोलि शनिबार बिहान ५ः१५ बजे साउथ अफ्रिकासँग तेस्रो खेल खेल्दै छ । त्यस्तै, असार ३ गते बिहान ५ः१५ बजे बंगलादेशसँग चौथो खेल खेल्ने भएको छ । यी दुई खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ । डिशहोम फाइबरनेटकोले ‘इतिहास …
पुरा पढ्नुहॊस »प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड
काठमाडौं । विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय एअरलाईन्स् टिकेटिङ् सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले यस वर्ष विभिन्न एअरलाईन्स्बाट गएको ६ महिनामा ८ अवार्ड जित्न सफल भएको छ । टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाईन्स वाट विभिन्न विधामा प्रवास ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो । आफ्नो स्थापना काल देखि निरन्तर विभिन्न किसिमका अवार्डहरु प्राप्त गर्न सफल …
पुरा पढ्नुहॊस »कारोबार साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको …
पुरा पढ्नुहॊस »