काठमाडाै । नेपाली बजारमा एक तोला सुनको भाउ साढे २ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको भाउ २ लाख ५२ हजार २०० कायम भएको छ।
यो हालसम्मकै उच्च मूल्य हो। सुनको मूल्य आकासिएसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज प्रतितोला चाँदी ३ हजार ४९० मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
तपाईंको प्रतिकृया




