आर्थिक

सैदी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूमा आईपीओ निष्कासन गर्न लागेको हो । त्यसका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । प्रतिशेयर १०० रूपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता साधारण सेयर निष्कासन गरिने जनाइएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका तर्फबाट …

पुरा पढ्नुहॊस »

हिमालयन लघुवित्तको सीईओमा दोहोरिए विनोद आचार्य

काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: विनोद आचार्य नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको २२७औँ बैठकले आचार्यलाई साउन १ देखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो। उनको कार्यकाल असार मसान्तसम्म सकिँदै थियो। कार्यकाल सकिने भएपछि कम्पनीले आचार्यको नियुक्ति पुन: दोहोर्याएको हो। उनको कार्यकाल ४ वर्षको हुने कम्पनीले जनाएको छ।  

पुरा पढ्नुहॊस »

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो । कारोबार सुरु भएलगत्तै परिसूचक चार प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटमै परिसूचक थप एक प्रतिशत बिन्दुले बढेर पाँच …

पुरा पढ्नुहॊस »

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं । धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोट प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । गत शुक्रवार उक्त प्रक्रिया रद्द भएपछि ५ मध्ये एक आवेदक सन्तोषनाराणय श्रेष्ठले सर्वोच्च अदालतमा छनोट प्रक्रिया रद्द भएकोमा असन्तुष्टि जनाउँदै सोमवार रिट दायर गरेका थिए । सोही रिटउपर भएको सुनुवाईमा न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले छनोट प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका हुन् । श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइपछि …

पुरा पढ्नुहॊस »

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अजय ढुंगाना चयन भएका छन् । गत शुक्रबार सम्पन्न अधिवेशनले ढुंगानाको अध्यक्षतामा नौजनाको कार्यसमिति आगामी दुई वर्षका लागि चयन गरेको हो । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गौरव विष्ट र एलिजा फुयाँल, सचिवमा नमुना जोशी तथा कोषाध्यक्षमा गौरव बराल चयन भएका छन् । सदस्यमा विनोद महर्जन, प्रशान्त राई, सुदीप घिमिरे र रवीन्द्रदेव भट्ट चयन भएका छन् …

पुरा पढ्नुहॊस »

साझा यातायातले रद्द गर्‍यो विद्युतीय माइक्रो र स्कुटर खरिद

काठमाडौं । साझा यातायात सहकारीले प्रस्तावित विद्युतीय माइक्रोबस र विद्युतीय स्कुटर खरिद रद्द गरेको छ। गत जेठ २८ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै ती सवारीसाधन खरिद गर्नलागेको जनाएको थियो। तर सोमबार गोरखापत्रमै एक सूचनामार्फत उक्त बोलपत्रसम्बन्धी सबै प्रक्रिया विशेष कारणवश रद्द गरिएको कम्पनीले उल्लेख गरेको छ। साझाले २५ वटा विद्युतीय माइक्रो खरिद गर्ने जनाएको थियो। त्यस्तै कार्यालय प्रयोजनका लागि पाँचवटा विद्युतीय स्कुटर पनि खरिद गर्ने भन्दै बोलपत्र आह्वान गरेकोमा हाल …

पुरा पढ्नुहॊस »

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो । प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य भने स्थिर …

पुरा पढ्नुहॊस »

नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उहाँ अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए । यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, …

पुरा पढ्नुहॊस »

बढ्यो पेट्रोल र डिजेलको मूल्य, अब लिटरको कति पर्छ ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य आजदेखि लागू भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

पुरा पढ्नुहॊस »

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न गठित सिफारिस समितिको शुक्रबारको निर्णयबमोजिम धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो । सिफारिस समितिले सर्टलिस्ट गरेका पाँचजना उम्मेदवारमध्ये तीनजना नै अन्तरवातामा नै सहभागी नभएपछि यो प्रक्रिया रद्द भएको हो । समितिले शुक्रबार एक सूचना जारी गर्दै जानकारी गराएको छ। राष्ट्रिय योजना आयोगका अध्यक्ष डा …

पुरा पढ्नुहॊस »