आर्थिक

बजारमा आलु-प्याज पाइन छाड्यो, पाइहाले पनि भाउ अचाक्ली

काठमाडौं । आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका हुन् । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता गरेको लिखित रूपमा पत्र प्राप्त नहुँदासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ ।

पुरा पढ्नुहॊस »

कोका-कोला बेभरेजेजले ल्यायो ‘कोक बडी’ एप

काठमाडौं । कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप लन्च गरेको छ। रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडो भन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकून् भन्ने उद्धेश्यले यो एप लन्च गरिएको हो। नेपालभरका २५६ वितरकहरू र १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका–कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे सेक्युरिटिज सञ्चालनमा (भिडिओ)

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड सञ्चालनमा आएको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कम्पनीको उद्घाटन गरेका हुन् । काठमाण्डौँको जमलस्थित नेपाल चेम्वर भवनमा कार्यालय रहने गरी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको विकास र विस्तारको लागि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह …

पुरा पढ्नुहॊस »

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि शुक्रबार बुकक्लोज गर्न लागेको लघुवित्तले बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्ने जनाएको छ । सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ । …

पुरा पढ्नुहॊस »

लगातार दुई दिन घटेको सुनको मूल्य फेरि बढ्यो, बिहीबार कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । कीर्तिमानी मूल्य कायम गर्दै लगातार दुई दिन (मंगलरबार र बुधबार) घटेको सुनको मूल्य आज बढेको हो । बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

डिशहोम सुपरस्टार बैतडीका थापाले पाए एक लाख

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानअन्तर्गतको विजेता बैतडीका प्रतापसिंह थापालाई पुरस्कार रकम प्रदान गरिएको छ। स्थानीय डिलरदाई ध्वजबहादुर थलालको समन्वयमा देहीमाण्डौं बैतडीमा आयोजित कार्यक्रममा थापालाई पुरस्कार रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी, डिश मिडिया नेटवर्कका सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरे। डिशहोमले दशैँ–तिहार लक्षित मेगास्टार योजना सार्वजनिक गरेको थियो। डिश मिडिया नेटवर्क व्यवस्थापनले उक्त योजनामा …

पुरा पढ्नुहॊस »

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार ३.३३ अंकले बढेको सेयर बजार १८४१.०४ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९३ कम्पनीका ३४ हजार ९३१ पटक भएको कारोबारमा ३७ लाख ५० हजार ८९५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड ४ लाख ३२ हजार ७९० रुपैयाँको कारोबार भएको छ । यसदिन १२१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १०६ कम्पनीको ओरालो लागेको छ भने १३ कम्पनीको स्थिर …

पुरा पढ्नुहॊस »

आयात बन्द भएको ४ वर्षपछि नेपालमै रेडबुलको उत्पादन

काठमाडौँ । नवलपरासीमा रेडबुल उत्पादन सुरु भएको छ । नवलपरासीमा २ अर्ब लगानीमा रेडबुल उद्योग स्थापना गरिएको हो । आयात बन्द गरिएको साढे ४ वर्षपछि नेपालमै रेडबुलको उत्पादन सुरु गरिएको हो । व्यापारिक घराना खेतान समूहले थाइल्यान्डको रेडबुल कम्पनीसँग सम्झौता गरी सरस बेभरेज प्रालि नामक उद्योग दर्ता गर्दै नेपालमै रेडबुल उत्पादन सुरु गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको उद्घाटन गरेका हुन् । साढे ४ वर्षअघि तत्कालीन अर्थमन्त्री डा. …

पुरा पढ्नुहॊस »

बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने

काठमाडौं । बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ । बुद्धले मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौं-पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो । कम्पनीकाअनुसार यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । जसमध्ये बुद्धले १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिनेछ ।

पुरा पढ्नुहॊस »
This will auto close after