आर्थिक

मनसुनमा लुगा सुकाउन सीजीको माइडिया फ्रन्ट लोड वासर ड्रायर

काठमाडौं । सीजीले मनसुनका बेला लुगा सुकाउन अत्याधुनिक फ्रन्ट लोड वासर ड्रायर प्रयोग गर्न सकिने बताएको छ । माइडिया वासर ड्रायरले लुगालाई सफा र सुक्खा राख्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार माइडिया फ्रन्ट लोड वासर ड्रायरमा आठ किलोग्रामको वासिङ क्षमता र ६ किलोग्रामको ड्राइंग क्षमता छ । यसले दैनिक रूपमा लुगाहरूको धुवाइलाई छिटो र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड, दुई जना पक्राउ

काठमाडौँ । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगन्जको टोलीले बुढानीलकण्ठ नगरपालिका-३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका-१ घर भई हाल बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई आज …

पुरा पढ्नुहॊस »

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ८ सयले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबर भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेको …

पुरा पढ्नुहॊस »

११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/ ०८१ को ११ महिनामा नेपालमा भित्रने रेमिट्यान्स १९.३ प्रतिशतले बढेको छ । चालूआवको जेठ मसान्तसम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.० प्रतिशतले बढेको थियो …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ । बुधवार नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो । तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता शेयर ७२ हजार सात सय १४ पटक खरिदबिक्री हुँदा रु. पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार बराबरको कारोबार भएको …

पुरा पढ्नुहॊस »

सुनको मूल्य स्थिर रहँदा घट्यो चाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक लाख ४४ हजार १०० कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला रु एक लाख ४३ हजार चार सय कायम भएको छ । चाँदीको मूल्य रु १५ ले घटेर एक हजार रु आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ । मङ्गलबार चाँदी प्रतितोला रु एक हजार …

पुरा पढ्नुहॊस »

वर्ल्डलिंकको बिट द स्पीड : फास्टेस्ट बलर बने प्रदीप जैसवाल

काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेशन्स. लि. ले नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा आयोजना गरेको ‘बिट द स्पीड’ अभियानमा प्रदीप जैसवाल विजयी भएका छन् । नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको पहिलो संस्करण आयोजना गरिएको थियो । यो २ महिना लामो अभियान, २१ वैशाख २०८१ मा सुरु भएको थियो, जसले नेपालका १८ सहरहरूमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र तिनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखेको थियो। नेपालका १८ …

पुरा पढ्नुहॊस »

नक्कली लाइसेन्स प्रकरणमा यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । यातायाता व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदम राज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्युटर अपरेटर विनोद भण्डारीलगायतलाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको हो …

पुरा पढ्नुहॊस »

उक्लिएको नेपालीको जीवनस्तर

काठमाडौं । नेपालीको खाद्यवस्तुसहित उपभोगको प्रवृत्तिमा सुधार आइरहेको तस्वीर देखिएको छ । ‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८०’को नतिजाले नेपालीको जीवनस्तर उक्लिएको देखाएको हो । पहिलो जीवनस्तर सर्वेक्षण करीब तीन दशकअघि २०५२/५३ सालमा गरिएको थियो । दोस्रो सर्वेक्षण २०६०/६१ साल र तेस्रो सर्वेक्षण २०६६/६७ सालमा भएको थियो । १२ वर्षपछि गरिएको ताजा सर्वेक्षणले यो अवधिमा नेपालीको जीवनस्तरमा आएको बदलावको तथ्यांक प्रस्तुत गरेको छ । यो अवधिमा नेपालमा गरीबीको रेखामुनि बाँच्न बाध्य जनसंख्या …

पुरा पढ्नुहॊस »

असार २७ गतेदेखि राष्ट्र निर्माणमा युवाको भूमिकाबारे सेमिनार हुँदै

काठमाडौं । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९ गते सम्म सेमिनारको आयोजना हुन् लागेको हो । राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको सन्दर्भमा हुन लागेको समिनारमा नेतृत्व बिकास, चरित्र निर्माण, ब्यत्तित्व बिकास स्थायी शान्तीको लागि पहलकदमी, दन्द्ध ब्यबस्थापन तथा आर्थिक बिकासका बारेमा छलफल हुने …

पुरा पढ्नुहॊस »