आर्थिक

चुच्चे नक्सा अंकित १०० दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो ।

पुरा पढ्नुहॊस »

कारोबारको पहिलो दिन ओरालो लाग्यो नेप्से

काठमाडौँ । आइतबार नेप्से परिसूचक ९ अंकले घटेको छ । आज नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ । आज कुल ३२० कम्पनीका एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी लाइफ इन्सुरेन्स कर्पोरेसन, रिभर फल्स पावर र माइ खोला हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै …

पुरा पढ्नुहॊस »

एसबिआईद्वारा प्रहरीलाई वित्तीय साक्षरता

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२४ का अवसरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङले एकदिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरेको छ । मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा कम्पनीका इन्भेष्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीलाई सेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनुपर्ने सचेतनाबारेमा प्रकाश पार्नुभएको थियो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनी हो । जसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त …

पुरा पढ्नुहॊस »

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ बोर्डद्वारा स्वीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्घक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने योजना मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाई जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । मुक्तिनाथ विकास बैंकले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कार्य गर्न आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ । बोर्डले कात्तिक ७ गते प्रतिइकाई अंकित मूल्य १० …

पुरा पढ्नुहॊस »

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई मर्चेण्टको आयोजनामा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मर्चेण्टले उक्त कार्यक्रम हेटौंडा, मकवानपुरमा आयोजना गरेको होे । कार्यक्रममा मर्चेण्टका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीहरुलाई शेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनु पर्ने सचेतनाका बारेमा प्रकाश परेका थिए। मर्चेण्ट नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी …

पुरा पढ्नुहॊस »

सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीले ५ प्रतिशत लाभांश पाउने भएका छन्। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट उक्त लाभांश प्रस्तावको निर्णय गरेको हो। यसअनुसार ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ। प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

पुरा पढ्नुहॊस »

एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग

काठमाडौं । स्थानीयस्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउन एनसेल फाउन्डेसनले सामाजिक विकासका काम गर्न आवेदन खुला गरेको छ । एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानका लागि आवेदन दिन आमन्त्रण छ । गतवर्ष १८औँ वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रमअन्तर्गतका परियोजनाहरू प्रदेशस्तरमा सञ्चालनमा रहेका छन् । यसवर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले …

पुरा पढ्नुहॊस »

नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८०÷०८१ सम्मको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो। ८ गते बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश वितरण गर्ने जनाएको छ। लघुवित्तको हाल कायम चुक्तापुँजी १ अर्ब १६ करोड …

पुरा पढ्नुहॊस »

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडेल स्पार्क थटी सार्वजनिक गरेको छ। ट्रान्सफ्रम एब्री मोमेन्टको नारासहित ल्याइएको यो फोन प्राविधिक ज्ञान भएका मिलेनियल र जेन जेड पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको हो। स्पार्क थटीका विशेषताहरूमा ६४ एमपीको सोनी क्यामेरा, शक्तिशाली मिडियाटेक हिलियो जी ९१ प्रोसेसर, १६ जीबी सम्मको र्‍याम८, र २५६ जीबी स्टोरेज रहेको छ। स्टोरेजलाई माइक्रोएसडी कार्ड प्रयोग गरी थप विस्तार गर्न सकिन्छ। ५००० एमएएच …

पुरा पढ्नुहॊस »