आर्थिक

माधवप्रसाद नेपालको नेतृत्त्वमा ढुवानी व्यवसायी महासंघको नयाँ कार्यसमिति चयन

काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघको साधारणसभाले माधवप्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। आइतबार काठमाडौँमा सम्पन्न महासंघको छैटौँ महाधिवेशन तथा १५ औं वार्षिक साधारण सभाले नेपालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो। महासंघको उपाध्यक्ष, कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो। दुई उपाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठ, ध्रुब दाहाल खत्री, प्रदीप अर्याल, बालकृष्ण पोखरेल गरी ४ जनाको उम्मेद्वारी परेको थियो। …

पुरा पढ्नुहॊस »

नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिस्ट्रारमा एसबिआई मर्चेन्ट बैंकिङ

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सेयर रजिस्ट्रार नियुक्तिसम्बन्धी सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकीकरणलगायत सेयर रजिस्ट्रेसनसम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आइतबारदेखि नै सुरु गरिसकेको कम्पनीको भनाइ छ । नेरुडे लघुवित्त …

पुरा पढ्नुहॊस »

मनकामना केबलकारको सेवा चैत ७ गते बन्द

काठमाडौँ । नेपालको पहिलो केबलकार मनकामना केबलकारको सेवा एक दिन बन्द हुने भएको छ । यही चैत ७ गते बुधवार केबलकारको सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेस्टुरेन्ट भने नियमित सञ्चालनमा रहने जनाइएको छ ।

पुरा पढ्नुहॊस »

सोनामको सिजन सेल अफर, यी पहिरनमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाली ब्रान्ड सोनामले जाडो महिना समाप्तिसँगै सिजन सेल अफर ल्याएको छ । यो अफर चैत १ देखि सुरु भएको कम्पनीले जनाएको छ । चैत १८ सम्म रहने सो अफरमा व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरुमा ७० प्रतिशतसम्म छुट दिइने कम्पनीको भनाइ छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । …

पुरा पढ्नुहॊस »

सीजीले ल्यायो निःशुल्क एसी सर्भिस क्याम्प, अन्य के-के अफर ?

काठमाडौं । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प घोषणा गरेको छ। क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नुपरेमा टोल फ्री फोन नं १६६००१०२२११ वा ०१५९७०१२२ मा फोन गरी वा इमेल [email protected] मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने कम्पनीले जनाएको छ। क्याम्पमा कुनै मर्मत सेवा शुल्क नलाग्ने कम्पनीको भनाइ छ। यसबाहेक स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छुट, एक्सचेन्जमा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन र …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा १०.६२ अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ …

पुरा पढ्नुहॊस »

सुनको भाउ घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य …

पुरा पढ्नुहॊस »

घट्यो पेट्रोल र डिजेलको मूल्य, अब कति पर्छ त ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाएको हो । निगमले आजदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ । जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

पुरा पढ्नुहॊस »

शिवशंकर इनभेष्टमेन्टलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

काठमाडौं । एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार एलएस क्यापिटलले रोड टु आईपीओ अन्तर्गत शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजाने सबै सम्भावनाहरूको …

पुरा पढ्नुहॊस »

लिंकन युनिभर्सिटी कलेजको ‘दीक्षान्त समारोह २०२४’ वैशाख १५ मा हुने

काठमाडौँ । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपालको ‘दीक्षान्त समारोह २०२४’ हुने भएको छ । वैशाख १५ गते शनिवार (April 27, 2024)- गोदावरी सनराइज सम्मेलन केन्द्र, गोदावरी, ललितपुरमा उक्त समारोह हुने भएको हो । कलेजका अनुसार मलेसियाको लिंकन युनिभर्सिटीसँग सम्बन्धन प्राप्त नेपालका विभिन्न ११ वटा शैक्षिक संस्थाका करिब १६०० विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिनेछन् । लिंकन युनिभर्सिटीको सम्बन्धनमा नेपालभर सञ्चालन ११ वटा शैक्षिक संस्थाहरूका छन् । लिंकन युनिभर्सिटी, फाइभ स्टार …

पुरा पढ्नुहॊस »