बैंकिङ्ग

एनआईसी एशियामा भिडियो कलमार्फत थप पाँच नयाँ सेवा लिन सकिने

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि भिडिओ केवाईसी सेवा सञ्चालन गरिरहेको छ। सो सेवा अन्तर्गत अनलाइन भिडिओ कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा इमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ। अनलाइन खाता खोल्ने ग्राहकहरूका लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यसअघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँच वटा सेवा समेत यस प्रणालीमा …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘अरोगिन हेल्थ केयर’मा ४५ प्रतिशतसम्म छुट

काठमाडाैं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले ‘अरोगिन हेल्थ केयर’मा ४५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित अरोगिन हेल्थ केयरसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। यस सम्झौतापछि बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त हेल्थ केयरका विभिन्न सेवा सुविधाहरूमा ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। उक्त हेल्थ केयरले कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको …

पुरा पढ्नुहॊस »

नबिल बैंकले ४ लाख ८२ हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडाैं । नबिल बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा ल्याएको छ। नबिलले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा ल्याएको हो। विद्यमान संस्थापकलाई नै प्राथमिकता दिने गरी बैंकले सेयर बिक्रीमा ल्याएको हो। उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई सुचना जारी भएको ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। बिक्रीमा रहेको सेयरको मूल्य बिक्रेता र खरिदकर्ता आपसी सहमतिमा निहीत हुने सूचनामा उल्लेख छ।

पुरा पढ्नुहॊस »

सानिमा बैंक अब लमजुङको बेसीशहरमा

काडमाडौं । सानिमा बैंक लिमिटेडले लमजुङको बेसीशहर–७ त्रिवेणी टोलमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । सो कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा गरे । उद्घाटन समारोहमा मह जोडीले लमजुङको बेसीशहरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता

काठमाडाैं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ। एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इन्जिनियर बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन्। मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच समझदारी

काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई आधुनिक बैंकिङ सहित बीमा लगाएतका सुविधाहरु प्रदान गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइभर पार्टनरहरुका लागि आधिकारीक बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ। बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाएन्ट (एसबीसीबीएस) योजना अन्तर्गत ड्राइभर पार्टनरहरु सहज भुक्तानीको सुविधा सहितको शून्य शेषी खाता जसमा ७ लाख सम्मको दुर्घटना मृत्यु …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई कारबाही

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ । केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरुप नगद जरिवाना गरेको हो । कर्जा निक्षेप …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक २९ औं वर्षमा प्रवेश

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २९ औं वर्षमा प्रवेश गरेको छ । ७ जेठमा २९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशभरका १०३ वटा शाखाहरुमार्फत विविध कार्यक्रम आयोजना गरेको जनाएको छ । रक्तदान कार्यक्रम, वित्तीय साक्षरता लगायतका विविध कार्यक्रम आयोजना गरेको छ । बैंकले देशभरका शाखाहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । वार्षिकोत्सवको अवसरमा …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटलबीच सम्झौता

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटबीच एक सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटले बैंकका ग्राहक, कर्मचारी तथा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकलाई आइएफसीले ५ करोड ५० लाख अमेरिकी डलर ऋण दिने

काठमाडौं । सिद्धार्थ बैंकलाई इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले ५ करोड ५० लाख अमेरिकी डलर ऋण दिने भएको छ। सिद्धार्थ बैंक र विश्व बैंक समूह अन्तर्गतको आइएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको हो। बैंकलाई प्रदान गरिने सो ऋण रकम आइएफसीले नेपाली बैंकलाई हालसम्म प्रदान गरेको सबैभन्दा बढी ऋण रकम भएको बैंकले बताएको छ। यस सहकार्यबाट प्राप्त रकम बैंकले स्वच्छ ऊर्जा परियोजना, …

पुरा पढ्नुहॊस »